Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा ३१ औं मगर दिवस मनाईने

Published on 5:12:00 AM //



लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । मगर संघ युएईको आयोजनामा आगामी २२ फेब्रुअरी २०१३ शुक्रबारका दिन दुबईको इम्पिरियल स्वीट्स होटलमा विगतमा जस्तै यसपालि पनि आफ्नो कला, संस्कृति, भेषभूषा, रितीरिवाज र परम्परालाई कायम राख्दै स्थानीय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिमा मगर संस्कृति झल्काउने खालका झ्याउरे, सोरठी, कौरा र घाटु जस्ता विविध रंगारंग सांस्कृतिक कार्यक्रमका साथ ३१ औं मगर दिवस मनाउने भएको छ ।
सो निर्णय गत ७ डिसेम्बर शुक्रकारका दिन मगर संघ युएईकी कार्यवाहक अध्यक्ष बविता रास्कोटी मगरको अध्यक्षता र सचिव ललितमान रानाको संचालनमा दुबईस्थित मेट्रो पार्कमा बसेको बैठकले गरेको हो । विगतका दिनमा कलाकारहरुलाई बोलाउने प्रचलन रहेको थियो भने यसपालिको मगर दिवसको अवसरमा नेपालबाट बुद्धिजीविमध्ये नेपाल मगर संघ केन्द्रीय बिशेष सल्लाहकार गोरेबहादुर खपाङ्गे र नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष गंगा खासु मगरलाई अतिथिको रुपमा बोलाउने भएको छ ।
मगर दिवसलाई अझै सक्रिय तुल्याउने हेतुले बविता रास्कोटी मगरको संयोजकत्वमा एउटा व्यावस्थापन समिति समेत गठन गरेको छ । जस्मा क्रमशः संयोजकमा बविता रास्कोटी मगर, व्यावस्थापनमा ज्ञानबहादुर सारु, आर्थिकमा टंक थापा मगर, प्राविधिकमा खेम रास्कोटी मगर, सांस्कृतिकमा जंगबहादुर थापा मगर, प्रचारप्रसारमा खुमबहादुर आले र लालबहादुर ढेंगा, होटल व्यावस्थापनमा बविता रास्कोटी, यातायात व्यावस्थापनमा हस्तराज दर्लामी मगर र प्रत्येक क्षेत्रीय अध्यक्षहरु, टिकट डिजाइनमा लालबहादुर ढेंगा, मुक्त थापा र हस्तराज दर्लामी, अतिथि सम्मान–पत्र र कलाकार प्रशंसा–पत्र तयारीको लागि उपेन्द्र राना, कार्यक्रम संचालनमा भरत राना र उपेन्द्र राना रहनु भएको छ भने प्रायोजनको जिम्मा लालबहादुर ढेंगा र गिरमान थापा मगरलाई दिएको छ ।
नेपाली कामदारहरुको धेरै संख्या दुबईमा भएको हुनाले धेरैको उपस्थिति रहने आयोजकले अनुमान लगाएका छन् । प्रवेशको लागि टिकट दर सहयोग स्वरुप ३० दिराम राखिएको छ । कार्यक्रमको मिडिया पार्टनरमा मगर संघ युएई डट्कम र नेपाली समाचार पाक्षिक पत्रिका रहेको छ । यसै समाचारलाई आधार मानेर उक्त कार्यक्रममा उपस्थित हुनको लागि आग्रह समेत गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग