Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विछोडको पीडा खप्न नसक्दा आत्महत्या

Published on 5:18:00 PM //

विवाह गरेर सँगै जीवन बिताउने चाहना पूरा नभएपछि प्रेमिकाले आत्महत्या गरेको खबर सुने लगत्तै प्रेमीले पनि आत्महत्या गरेका छन्।

पर्वतको धाइरिङ–१ की २१ वर्षीया युवती देवी आचार्य र पुलाचौर–३ का २४ वर्षीय केशव शर्मा पौडेलले आत्महत्या गरेका हुन् । देवी आचार्यले सोमबार दिउँसो ३ बजे घर नजिकै आत्महत्या गरेको खबर सुनेपछि पौडेलले मङ्गलबार बिहान ४ बजेतिर आत्महत्या गरेका हुन् । दुवैले झुन्डिएर आत्महत्या गरेका बताइएको छ ।
एक साता पहिला केटाका तर्फबाट आएको विवाहको प्रस्तावलाई केटीतर्फबाट अस्वीकार भएको थियो । दुवैजना एक वर्ष अगाडिसम्म म्याग्दीको बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत थिए । सोही समयमा दुवैबीच प्रेम सम्बन्ध रहेको र प्रेम सम्बन्धलाई उनीहरुले मागी विवाहमा परिणत गर्न खोजेका थिए ।
घरबाट घाँस काट्न भनी निस्किएकी देवी आचार्य मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ  । शर्माले गोठमा रहेको गोरुको दाम्लो फुकाएर पासो लगाई आत्महत्या गरेको स्रोतले जनाएको छ । दुवैको शव जिल्ला अस्पताल पर्वतमा परीक्षणपछि दाहसंस्कार गरिएको छ । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग