Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आज वाला चतुर्दशी, चक्रेश्वर मन्दिरमा शतविज छरियो

Published on 4:36:00 PM //


बिशाल पौडेल
शान्तिपुर, मंसिर २७ । आज वाला चतुदर्शी, दिवंगत भएका आमाबाबुको आत्माको चीर शान्तिको कामना गर्दै छोराछोरीहरुले गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, पशुपतिनाथ मन्दिर र देशभरका शिवमन्दिरमा गई शतबिज छर्ने काम सम्पन्न भएको छ ।
आजका दिन पशुपतिको कैलाश डाँडा, श्लेषमान्तक वनमा गई आफ्ना मृतक आमाबाबुको नाममा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधान्ययुक्त शतबिज छर्ने चलन छ ।
परम्परा अनुसार भक्तजनले शतबिज छर्नका लागि मंगलरबार नै रातभर महादीप बाली भजन कीर्तन गरेर जाग्राम बस्दछन् र बुधबार बिहान अर्थात वाला चर्तुदशीका दिन सबेरै स्नान गरी शतबिज छर्ने गर्छन् । यसरी सतबिज छर्दा पितृहरुले सद्गति प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग