Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित नमुना जिल्ला परिषद सकियो

Published on 2:32:00 PM //


पि.एम.मगर
गुल्मी, पौष ०७ गते । दलित सशक्तिकरण तथा समावेशीकरणका लागि साझा अभियान कार्यक्रम अन्तर्गत गुल्मीमा नमुना दलित जिल्ला परिषद सम्पन्न भएको छ।
नमुना दलित गाउँ परिषदवाट पारित भएर आएका विभिन्न योजनाहरु समेत नमुना जिल्ला परिषदले पारित गर्दै त्यसलाई प्रकृयागत ढङ्गवाट वास्तविक जिल्ला परिषदमा ल्याउन पहल गर्ने निर्णय समेत परिषदले गरेको छ। अभियान अन्तर्गत जिल्लाका विभिन्न पाँच गाविसमा सम्पन्न नमुना गाउँ परिषदवाट आएका योजनाहरुलाई नमुना जिल्ला परिषदले प्राथमिकीकरण गरी यसको प्रकृयागत ढङ्गवाट लैजाने निर्णय गरेको हो।
यस अघि वाग्ला गाविसमा सम्पन्न नमुना दलित गाउँ परिषदले आधुनिक कृषि औजार निर्माण तथा डाँडाटोल खानेपानी योजना, धुर्कोट रजस्थल गाविसमा हाउस वाईरिङ्ग, सरल थोपा सिँचाई योजना, वाख्रा पालन कार्यक्रम पारित गरेको थियो भने जैसिथोक नमुना गाउँ परिषदले आधुनिक कृषि औजार निर्माण तालिम, जुत्ता सिलाई तथा सिलाई कटाई तालिम, व्यवसायिकीकरण खेती जस्ता कार्यक्रम योजनाहरु पारित गरेको थियो । त्यस्तै अर्खले गाविसको नमुना गाउँ परिषदले गाविसको वार्ड नं. ६ मा व्यवसायिक तरकारी खेतीको निम्ति प्लाष्टिक पोखरी निर्माण, वार्ड नं. ५ मा वाख्रा पालन कार्यक्रम पारित गरेको थियो भने तमघासले गाविस स्तरीय सीपमुलक तथा दलित नेतृत्व विकास र क्षमता अभिवृद्धि तालिम र उपल्लो तमघास– विद्युत कार्यालय सम्मको नाली मर्मत तथा सेलेप निर्माण योजना पारित गरेको थियो। तिनै योजनाहरुलाई नमुनाको रुपमा आज नमुना जिल्ला परिषदमा व्यापक छलफल भएको थियो ।
उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीको आयोजना तथा अधिकार, लोकतन्त्र, समावेशीकरण कोष आर.डी.आई.एफ. को सहयोगमा सम्पन्न उक्त नमुना दलित जिल्ला परिषदमा वोल्दै जिल्ला विकास समिति गुल्मीका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले यो जिल्ला परिषद एउटा नमुना मात्र रहेको र यसलाई सोझै जिल्लाले समेट्न नसक्ने र प्रकृयागत ढङ्गवाट आए समावेश हुने वताए । सोही कार्यक्रममा उत्पीडित समुदाय उत्थान केन्द्रका अध्यक्ष गणेश विश्वकर्मा, नेपाली काँग्रेसका जिल्ला सदस्य खिलध्वज पन्थी, नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटा, नेकपा माओवादीका जिल्ला सदस्य घनवहादुर खड्का, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य हरी न्यौपाने, नेपाल पत्रकार महासंघका सचिव भरत पाण्डे लगायतले विभिन्न सुझाव सहित शुभकामना मन्तव्य राखे । कार्यक्रमको उद्धेष्यमाथि प्रकाश पार्दै यस यो
जनाका अधिकृत सिँगु सुनारले दलितमुखी योजना तर्जुमाको पक्षमा जिल्लाका योजनाहरुको छनौटका लागि यसले सहयोगी भुमिका खेल्ने वताए । दलित अधिकारको सुनिश्चितता तथा आवश्यकतालाई सम्वोधन गर्ने गरी योजनाको प्राथमिकीकरण गर्नतर्फ संवन्धित पक्षहरुले ध्यान दिनुपर्ने भन्दै वास्तविक परिषदहरुमा सहयोग गर्न समेत उनले आग्रह गरे । दलित अधिकार निगरानी समुहका अध्यक्ष प्रेमराज आचार्यको अध्यक्षतामा सम्पन्न परिषदको सहजीकरण छविलाल विश्वकर्माले गरे भने स्वागत मन्तव्य कमला विश्वकर्माले र सञ्चालन कृष्ण नेपालीले गरे ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग