Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै छोरी भन्दा कम उमेरकी छात्रासँग बिहे गर्ने शिक्षक कारवाहीमा

Published on 2:43:00 PM //


प्रेम सुनार
पौष ६ , गुल्मी । घरमा श्रीमति र पाँच सन्तान भएका शिक्षक यता विद्यालयमा आफ्नो छोरी भन्दा कम उमेरकी छात्रासँग मायाको चक्करमा । उता बाबुको उमेर सरहका सर सँग चक्कर चलाउने छात्रा पनि उस्तै । अन्ततः गाउँ गन्हायो । जानै पर्ने, लैजानै पर्ने भयो । यो गुल्मी जिल्लाकै बाँझकटेरी माध्यामिक बिद्यालय बाँझकटेरी गुल्मीको खवर हो ।
त्यस बिद्यालयका शिक्षक सुर्यबहादुर केसीले आफैले पढाउने कक्षा ९ कि छात्रा ईस्वरा पौड्याललाई दोश्रो विवाह गरेपछि बिद्यालयको कार्यवाहीमा परेका छन् । छोरी भन्दा कम उमेरकी त्यो पनि आफैले पढाउने छात्रालाई घरमा श्रीमति छँदाछदै दोश्रो विवाह गर्ने शिक्षक केसीलाई विद्यालय ब्यवस्थापन समितिले २ वर्ष बढुवा रोक्काको कारवाही गरेको प्रधानाध्यापक खिमबहादुर सेन ओलीले बताउनु भयो । ‘अरु कुरा त उँहाले जान्ने कुरा हो ’ प्रधानाध्यापक ओलीले गुल्मीन्युज डट कमलाई भने ‘नैतिक कार्यवाही स्वरुप व्यवस्थापन समितिले उहाँलाई २ वर्ष वढुवा रोक्काको कार्यबाही गरेको छ ।’
शिक्षक केसीले श्रीमतिलाई छोराछोरी पढाउन भन्दै तम्घासमा डेरा गराएर राखेको र आफु घरमा छोरीको उमेर सरहकी छात्रासँग रम्ने गरेको शिलशिलामा विवाह गरेको बताईएको छ ।
छात्रा पौड्याललाई पनि एक वर्ष विद्यालय निष्काशनको कार्यबाही गरिएको विद्यालयले जनाएको छ । शिक्षक केसीको छोरीको विवाह भईसकेको र सन्तानको रहर पुगेर परिवार नियोजन समेत गरेको बताईएको छ । त्यस्तो अवस्थामा १८ वर्षको उमेरकी पौड्यालको दाम्पत्य जिवन कस्तो रहला ? बाँझकटेरीमा यस्तो चर्चा चल्न थालेको छ ।
४० को नेटो काटेका शिक्षक केसी शिक्षक मात्र नभएर शिक्षकका नेता अर्थात नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीका जिल्ला सदस्य पनि हुन् । स्थानिय समाजसेवी र प्रतिष्ठीत ब्याक्तिको छवी वनाएका केसीको बुढो बैँसले गर्दा उनले दशकौँ लगाएर कमाएको त्यो प्रतिष्ठा नामेट गरिदिएको स्थानियबासी बताँउछन् । "उनि २०६० सालको स्थाई शिक्षक हुन्", प्र.अ.ओलीले भने । शिक्षक केसीले भने कुनै प्रतिकृया दिन चाहेनन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग