Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय सहमति नभए सडक आन्दोलनः भुसाल

Published on 6:00:00 PM //


गुल्मी, मंसिर २६ – नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले राष्ट्रिय सहमति नभए सडक आन्दोलन सुरु गर्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार महासंघ गुल्मीले मंगलबार बिहान सदरमुकाम तम्घासमा गरेको पत्रकार सम्मेलनमा उहाँले सबै प्रधानमन्त्री भन्दा बाबुराम भट्टराई सबैभन्दा वढी राष्ट्रघाती र जनघाती प्रधानमन्त्री भएको आरोप समेत लगाउनुभयो ।

आफ्नो पार्टीले भावी प्रधानमन्त्रीमा रामवहादुर थापा बादललाई अघि सारेको भन्दै उहाँले यदि बादल प्रधानमन्त्री बन्ने स्थिति आएमा आफ्नो पार्टीको पहिलो बैठकको निर्णयबाट भारतसँग गरिएको १९५० को सन्धि खारेज गर्ने दावी समेत गर्नु भयो । -उज्ज्यालो नेटवर्कबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग