Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कराँतेमा गुल्मीलाई २ स्वर्ण सहित ७ पदक

Published on 3:59:00 AM //


प्रेम सुनार
पौष १, गुल्मी । आईतवार वुटवलमा सम्पन्न लुम्विनी अञ्चल स्तरिय सितारियो कराँते प्रतियोगितामा गुल्मी जिल्लाका खेलाडीहरुले २ स्वर्ण सहित ७ वटा पदक जितेर गुल्मेलीहरुको शिर उंचो पारेका छन् ।
गुल्मीलाई स्वर्ण पदक दिलाउने कराँते खेलाडीहरुमा विरवासकी सनम थापा र विरवासकै लक्ष्मण थापा रहेका छन् । त्यस्तै विरवासकै अञ्जली सोमरेले रजत पदक प्राप्त गरेकी छन् । त्यसैगरी काश्य पदक बिजेताहरुमा विरवासकी बन्दना सुनार, अनुषा सोमरे र वलिथुमका हरिप्रसाद घर्ति रहेका छन् ।
प्रतियोगितामा विरवासकी पवित्र ठकुरी ५५ केजी तौल समुहमा तृतिय र गौँडाकोटकी अस्मीता गाहाले ४५ केजी तौल समुहमा दृतिय पुरस्कार जितेकी छन् । कराँते खेलाडी कपिल घिमिरेको नेतंत्वमा वुटवल पुगेका १६ जना खेलाडीहरुका प्रशिक्षक उमेश थापाले गुल्मेली खेलाडीहरुले यति धेरै पदक मात्र जितेनन्, अनुशासित खेलाडीको सम्मान समेत पाएको बताउनु भयो ।
गुल्मेली खेलाडीहरुले यसरी जिल्लाको शिर उचो पारेकोमा आफुहरु गौरवान्वित भएको भन्दै जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कृष्ण भण्डारीले खुशी प्रकट गर्नु भयो । गुल्मेली खेलाडीहरुले गत वर्ष क्षेत्रिय तथा राष्टिय खेल प्रतियोगितामा पनि अपेक्षा गरे भन्दा धेरै पदक हात पारेर गुल्मीको शिर उँचो पारेका थिए । वुटवलमा सम्पन्न लुम्विनी अञ्चल स्तरिय कराँते खेल प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद विकास समितिका सदस्य सचिव युवराज लामाले गर्नु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग