Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फोनबाट प्रेम गाँसेका पूर्व लडाकुले दिए युवती र परिवारलाइ ज्यान मार्ने धम्की

Published on 2:54:00 PM //


प्रेम सुनार
गुल्मी, पुस ३ । आफ्नो जात ढाँटेर गुल्मी अर्जेकी एक युवतीलाई फसाउने माओवादी पूर्व लडाकुले युवती र उनका परिवारलाई ज्यान मार्ने धम्की दिदै आएको परिवारले बताएका छन् ।

रुकुम जिल्ला बाफीकोट गाविस वडा नम्वर १ घर भई मओवादी जनमुक्ति सेनाबाट स्वच्छिक अवकासमा निस्केका हिमाल उपनाम गरेका टेकबहादुर बिश्वकर्माले गुल्मी अर्जेकी मुना (नाम परिवर्तन) लाई जात ढाँटेर प्रेम सम्वन्ध गरेका थिए ।

३ वर्ष अघिदेखि मोवाईल फोन मार्फत प्रेम सम्बन्ध गाँसेका बिश्वकर्माले मुनालाई विकास चन्द भनेर ढाँटेको रहस्य खुलेको थियो । तत्पश्चात उनीबाट छुट्टिएकी मुनाले सम्बन्ध तोडेपछि उनलाइ ति युवकले धम्की दिने गरेका हुन् । जनमुक्ति सेनामा हिमाल नाम गरेका उनले एक पुर्व लडाकु महिलाई समेत शाहि ठकुरी भनेर जात ढाँटेको बुझिएको छ । मुनाले आफुलाई मायाँ गर्ने तर जातीय करणबाट परिवारजनले छुटाएको आक्रोष पाल्दै आएका जनमुक्ति सेनामा हिमाल नाम गरेका उनले एक पुर्व लडाकु महिलाई समेत शाहि ठकुरी भनेर जात ढाँटेको बुझिएको छ । मुनाले आफुलाई मायाँ गर्ने तर जातीय करणबाट परिवारजनले छुटाएको आक्रोष पाल्दै आएका उनले समाचार संकलन गर्ने क्रममा सञ्चारकर्मीलाइ समेत धम्की दिएका थिए ।

प्रेमीका मुनाले नचाँहदा नचाहदै पनि एकहोरो प्रेम गरेका उनले बारम्वार फोनमा मुनाका वावुलाई अपहरण गर्ने र काठमाण्डौमा रहेकी दिदीको जागिर खाई दिन्छु भन्दै धम्काउने गरेको मुनाका दाजुले बताए । मुनासंग विकास चन्द, पार्टीमा हिमाल नामका टेकबहादुर विक हाल बैद्य समुहका कार्यकर्ता रहेका बुझिएको छ ।उनले मुनालाई विवहा गर्ने केटालाई समेत जे पनि गर्ने धम्की दिएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग