Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

४९ हजार आँखा रोगीको उपचार

Published on 3:54:00 PM //


घनश्याम गौतम
गुल्मी, पौष ०५ । नेत्र ज्योति संघ अन्तर्गत रहेको आँखा उपचार केन्द्रले एक वर्षमा ४९ हजार ३ सय ३८ जनाको आँखा परिक्षण एवं उपचार गरेको छ ।
नेत्र ज्योति संघको बुधवार सम्पन्न १७ औं वार्षिक सभामा दिएको जानकारी अनुसार केन्द्र एवं शिविरहरुबाट १५ हजार ६ सय ८९ सर्वसाधरण र जिल्लाका १ सय ६४ विद्यालयहरुमा पुगेर ३३ हजार ६ सय ४९ विद्यार्थीको आँखा परिक्षण एवं उपचार गरेको हो । त्यस मध्ये ४ सय ४५ जनाको मेजर अप्रेशन र १ सय जनाको माइनर अप्रेशन गरिएको संघका सचिव अखिलेश्वर पाण्डेयले बताए ।
संघले सरकार र विभिन्न दाताहरुको सहयोगमा जिल्लाका ७९ वटै गाविसहरुमा पुगेर आँखा रोगीहरुका लागि निःशुल्क उपचारको शिविर संचालन गर्ने गरेको छ ।
आँखाका रोगीहरुको उपचार सेवाका लागि गुल्मी र बाग्लुङ्गका २० भन्दा बढी गाविसलाई सेवा पुग्ने गरी विहिवारबाट वामीटक्सारमा केन्द्रको शाखा विस्तार गरिएको संघका सभापति भरतबहादुर चन्दले बताए । संघलाई जापानमा होटल व्यवसाय संचालन गर्दै आएका अर्घाखा“ची वाङलाका अर्जुन अधिकारीले शिविर संचालनका बेला ग्रामिण क्षेत्रमा समेत सजिलै लैजान सकिने प्रोटेबल स्लाईट ल्याम्प उपलब्ध गराएका छन् ।
३ लाख ५० हजार रुपैंया मुल्य पर्ने मेसिन उपलब्ध गराउने अधिकारीका बाबु ढुण्डीराज अधिकारीलाई सभाको अवसरमा सम्मान गरिएको थियो ।

अर्जुन अधिकारी जापानमै रहेकाले उनका बाबु ढुण्डीराजलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको सचिव पाण्डेले बताए । केन्द्रले आ“खाका विरामीहरुका लागि भैरहवा रण अम्बिका आ“खा अस्पतालसंगको सहकार्यमा टेलि मेडिसिन सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग