Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सरकारले अपाङ्ग सम्वन्वय समिति पनि बनायो

Published on 9:03:00 PM //


प्रेम सुनार
मंसिर २१ , गुल्मी । दलित जनजाती र महिला जिल्ला सम्वन्वय समिति पछि हालै सरकारले अपाङ्ग जिल्ला समिति पनि बनाएको छ । सोही अनुरुप मन्त्रालयले जिल्ला विकास समिति गुल्मीमा जिल्ला अपाङ्ग सम्वन्वय समितिको उपाध्यक्ष नियुक्त गरी पठाएको स्थानि विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बताउनु भयो । स्थानिय विकास अधिकारी अध्यक्ष रहने समितिमा उपाध्यक्ष मन्त्रालयले नै नियुक्ति गरेर पठाउने प्रवधान रहेको छ । सोही अनुरुप जुन पार्टीको सरकार र स्थानिय विकास मन्त्रालय छ त्यही पार्टीको ब्यक्ति नियुक्ती गरेर पठाउने चलन अनुसार गुल्मी जिल्ला अपाङ्ग सम्वन्वय समितिको उपाध्यक्षमा एकिकृत नेकपा माओबादीका पुर्व लडाकु एवं हालै मात्र निर्वाचित वाईसिएल गुल्मीका अध्यक्ष नोखबहादुर पौड्याललाई मन्त्रालयले नियुक्त गरेर पठाएको स्थानिय विकास अधिकारी ज्ञवालीले जानकारी दिनुभयो ।
अध्यक्ष र उपाध्यक्ष स्वत्व मन्त्रालयबाट हुने भएपछि उहाँहरुको नेतृत्वमा अव छिट्टै अपाङ्ग जिल्ला सम्पन्वय समिति गठन हुने भएको छ । हाल सम्म अपाङ्गको हितमा आउने रकम विभिन्न राजनैतिक दलसंग आवद्ध अपाङ्गका संगठनले कार्यक्रम संचालन गर्ने गरेकोमा अव भने सरकारी संयन्त्र संवन्वय समितिकै तजविजबाट कार्यक्रम संचालन हुने भएको छ । जिल्लामा अपाङ्गका नाममा खोलिएको एक संस्थाले अपाङ्गहरुको प्रोफाईल बनाउन भन्दै २ वर्ष अघि महिला विकास कार्यालय  र ७९ वटै गाविसबाट ५ देखि १० हजार सम्म रकम उठाए पनि अहिले सम्म प्रोफाईल बन्न सकेको छैन्। गाविसले अपाङ्गका नाममा संचालन गर्ने कार्यक्रममा पनि जुन दलको पकड छ त्यसै दलका मानिसहरुले संचालनको जिम्मा लिने र अपङ्गको नाममा सपाङ्ग मौलाउने गरेको समाचार यस पुर्व आई सकेको छ । सम्वन्वय समिति गठन भएपछि यस्तो अनियमित्ता रोकिदै वास्तविक विमुखा अपाङ्ग प्रवाभित हुन पाउने अपेक्षा गरिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग