Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अल्ट्रा सोलरको अधिकृत बिक्रेत तम्घासमा

Published on 9:11:00 PM //


प्रेम सुनार
मंसिर २१ , गुल्मी । बैकल्पीक उर्जा सम्बन्धी कम्पनी अल्ट्रा सोलर ईनर्जी प्रा. लि. काठमाण्डौले आजदेृखि गुल्मीको सदरमुकाम तम्घासमा अधिकृत बिक्रि शाखा खोलेको छ । नेपाली कांग्रेसका युवा नेता दामोदर भुषाल पत्नी विष्णु भुषाल कार्यकारी निर्देशक रहेको शाखाको आज एक समारोहका बिच उद्घाटन गरिएको छ ।
तम्घासको चिसो मौसममा तातो पानी आबस्यक हुँदा पनि पैसा छ श्रोत भने नहुँदा यहाँका मानिस चिसो पानी मै कठाग्रिएर नुहाउन बाध्य भएको अबस्थामा अल्ट्रा सोलर खोल्नु आबस्यक देखिएको कांग्रेस नेत भुषालले बताए । सहरमा पानी तताउने हिटर र गाउँमा सोलर बत्ती पु¥याने मुख्य उद्देश्य रहेको कम्पनीका विजनेस प्रमोशन अधिकृत सुशान्त श्रेष्ठले बताए । दामोदर भुषालेको ४ लाख बैक धितो र थप ४ लाख सहित ८ लाख लगानीमा शाखा खोलिएको बताईन्छ । देशमा भई रहेको लोड सेडिङ्गलाई बैकल्पीक उर्जाले सहयो ग पु¥याउएको र अल्ट्रा सोलर अग्रणी भुमिकामा रहेको उकिहरुको दावी छ । अन्य सोलर कम्पनीका अधिकृत विक्रेता पनि तम्घासमा छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग