Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाईसिएलका नाममा गुल्मीमा तालिम प्राप्त जनमुक्ति सेना, थप ३ सय पुर्व लडाकु पनि संगठित गर्दै

Published on 9:48:00 PM //

प्रेम सुनार
मंसिर २० गुल्मी । पाँच हजार जना तालिमप्राप्त यूवा सामुहिक रुपमा परीचालन गर्ने भन्दै माओवादी गुल्मीले जनमुक्तिसेनाबाट अवकाशमा निश्केका कमाण्डरहरुलाई वाईसिएलमा संगठित गरेको छ । पार्टिको लडाकुदस्ता जतिखेर पनि आबस्यक पर्ने भन्दै माओवादीले वाईसिएलको दोश्रो जिल्ला सम्मेलन गरी नेतृत्वदेखि जिल्ला कमिटीको अधिकांश पदमा पूर्व लडाकुलाई संगठित गरेको हो । पूर्व समितीका अधिकांश कार्यकर्तालाई पार्टिको विभीन्न तहमा राख्दै जनमुक्ति सेनाको लडाकुको तालिम लिएकाहरुलाई वाईसिएलमा संगठित गर्नुलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।
गुल्मीमा जनमुक्ति सेनाबाट ३ सय जना लडाकु अवकासमा आएका छन् उनिहरुलाई पनि वाईसिएल र पुर्व जनमुक्ति सेना संगठनमा संगठित गर्ने तयारी भएको एकिकृत नेकपा माओबादी जिल्ला संयोजक सुदर्शन वलालले बताउनु भयो । ‘गुल्मी जिल्लामा ३ सय जना जनमुक्ति सेनाबाट स्वच्छिक अवकासमा आउनु भएको छ वलालले भन्नु भयो ‘केहि साथीहरु संम्पर्कमा आई नसकेकोले ढिलाई भएको छ अव चाँडै वाईसिएल र पुर्व पिएलएमा संगठित गर्दै छौं । ’
वाईसिएल दोश्रो जिल्ला सम्मेलनले जनमुक्ति सेना चौँथो डिभीजनका पुर्व बटालियन सह कमाण्डर नोखबहादुर पौडेल (भरत) को अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिती गठन गरीएको हो ।
उद्घाटन सत्रमा वाईसिएलका केन्द्रिय अध्यक्ष गणेशमान पुनले अव वाईसिएल नयाँ ढंगबाट जाली फटाहा र गुण्डालाई तह लगाउँछ भन्नु र लडाकुहरुलाई एकाएक वाईसिएलको दस्तामा राख्नुलाई माओवादीको नयाँ रणनितीका रुपमा विपक्षीहरुले तर्क गर्न थालेका छन् । केन्द्रमा वाईसिएलको सामुहिक बसाई विगठन गर्ने भनिएपनि गुल्मीमा भने सामुहिक उत्पादनको नाममा ५ हजारलाई सामुहिक रुपमै परीचालन गर्ने भनिएको छ ।
३ सय जना पुर्व लडाकुका अलवा गुल्मीमा थप ५ हजार जना यूवाहरुलाई वाईसिएलमा तालिम सहित संगठित गर्ने योजनाका साथ नयाँ कार्यसमिती गठन गरीएको पौडेलले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । ‘हामी अव पूरानै तरीकाले चल्दैनाँै, नयाँ रणनितीका साथ ५ हजार तालिमप्राप्त यूवालाई गुल्मीमा परीचालन गछौँ – उहाँले भन्नुभयो – जालीफटाहा, गुण्डा र माफियाहरुलाई तह लगाउने छौँ ।’
उहाँले अन्य दल विचारका यूवाहरुलाई समेत संगठित गरी सबै यूवालाई उत्पादनका काममा लगाईने समेत बताउनुभयो । सरकारी तथा गैर सरकारी निकायहरुमा हुने गरेको ढिलासुस्ती, अनियमितताको भण्डाफोर र नियन्त्रण गर्नुका साथै सांस्कृतिक आन्दोलन समेत छेड्ने वाईसिएलको कार्यक्रम रहेको उहाँको भनाई छ । वाईसिएल गुल्मीको उपाध्यक्षमा तारा बहादुर राना र अर्का उपाध्यक्ष नारायण श्रेष्ठ रहेका छन् । श्रेष्ठ जनमुक्ति सेनाका अवकाशप्राप्त कम्पनि सहकमाण्डर हुन । सचिव नारायण चन्द, सह सचिव अनिल विक र कोषाध्यक्ष दुर्गा भट्टराई रहनुभएको छ । त्यस्तै जिल्ला कमिटीको आधा भन्दा बढी सदस्यहरु भर्खरैमात्र जनसेनाबाट स्वेच्छिक अबकाशमा निश्केका लडाकु रहेका छन् ।
आर्मीले जस्तै कपाल काटेका, पोशाक पनि त्यस्तै सम्मेलन स्थल तम्घासको बालमन्दिर जनमुक्ति सेनाको शिवीर जस्तै देखिन्थ्यो । कमाण्डर तहका पुर्व जनमुक्ति सेनाका रामचन्द्र पोख्रेल, भोजेन्द्र पौडेल, शंकर ज्ञवाली लगायतका सदस्यहरुको बोलचाल र लडाकु हाउभाउ देख्दा माओवादी नेताहरु मख्ख देखिएका थिए । उनीहरुलाई सपथ ग्रहण गराउँदै माओवादी राष्ट्रिय महाधिवेशन आयोजक समिती सदस्य दिनेश पन्थीले भने – अवको भविष्य तपाईँहरुको हो, जिल्ला तपाईँहरुको काँधमा छ ।’ वाईसिएलले संगठन मार्फत खेलकुद, स्वयंसेवक व्यूरो आदी पनि बनाउने भएको छ । सरकार, गैरसरकारी निकायको निगरानी राख्न पुर्व लडाकुलाई बढि मात्रमा परिचान गर्ने बुझिएको छ । शान्ति संबिधान र पहिचान सहितको संघिय राज्य निर्माणलाई मुख्य एजेण्डा बनाएको वाईसिएलले त्यसका लागि ब्यापक जन परिचालन गर्ने बताएको छ । वाईसिएलाई टोल टोलसम्म संगठित गर्ने र लडाकुको छविलाई जनसंयम सेवकमा ढाल्ने जानकारी पार्टीले दिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग