Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दिल्लीमा ६ युवाद्वारा नेपाली किशोरी लगातार १२ दिनसम्म बलात्कृत

Published on 9:50:00 PM //


नयाँ दिल्ली, मंसिर २१ (एजेन्सी) - तीन विद्यार्थीसहित ६ युवाले एक नेपाली किशोरीको सामुहिक बलात्कार गरेका छन्। जामिया मिलिया इस्लामिया युनिभर्सिटीमा कानुन पढिरहेका तीन विद्यार्थीसहित ६ जनाले लगातार १२ दिनसम्म किशोरीलाई थुनेर बलात्कार गरेका थिए।
प्रहरीका अनुसार दक्षिण दिल्लीको डिफेन्स कोलोनीमा राखेर बलात्कार गरिएको थियो। प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ भने दुई फरार रहेका छन्।

पीडित किशोरी महिला साथीहरुसँग रहेर ११ कक्षामा अध्ययनरत रहेको बताइएको छ। उनका परिवारले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। उनीसँग बस्ने महिला साथीले अर्कै ठाउँमा सर्न भनेपछि उनी बलात्कारको सिकार हुन पुगेकी थिइन्। आफूलाई प्रहरी बताउने पुंकित चौधरीले सुरुमा उनलाई रुम सेयरमात्र गरेनन् बलात्कार नै गरे।

पीडित किशोरी घरबारविहीन भएको थाहा पाएपछि पुंकितका साथीहरुले बलात्कार गर्न थाले। घटनामा संलग्न भएको भन्दै प्रहरीले पुंकित, अमनद्वीप कत्यान, रुपन्सु प्रतापसिंह र सरद शेखरलाई हिरासतमा लिएको छ।

मेडिकल परीक्षणले पनि किशोरी बलात्कृत भएको देखाएको छ। प्रहरीले फरार दुई अभियुक्तको खोजी तिब्र पारेको जनाएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग