Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फेसवुक पेज मार्फत संकलन गरेको रकम वालवालीकाहरुलाई

Published on 12:43:00 AM //

जनार्दन घिमिरे
गुल्मी, २९ मंसिर । गुल्मीको रुरु गाविस स्थित रिडीका एक युवाले फेसवुक पेज मार्फत संकलन गरेको रु एक लाख १० हजार रुपैंयाँ आज गरिव वालवालीकाहरु लागि सहयोगार्थ स्थानीय एक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
फेसवुक पेजमार्फत आफुले संकलन गरेको रकम विद्यालय व्यवस्थापन समितिका
अध्यक्षलाई हस्तान्तरण गर्दै शुन्दर कशजु । तस्विर ः जनार्दन घिमिरे
"गरिवका लागि नि:शुल्क शिक्षा" अभियान अन्तर्गत फेसबुक पेज रुरु नेटवर्कका संचालक सुन्दर कशजुले गत तीन महिना अघि देखी फेसवुक मार्फत संचालन गरेको उक्त रकम आज एक कार्यक्रमका विच स्थानीय रुरु प्राथमिक विद्यालयलयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष किशोर कुमार श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण गरिएको उक्त रकम विद्यालयको नाममा अक्षय कोष स्थापना गरि वार्षिक रुपमा व्याजमार्फत उक्त कोषमा जम्मा भएको रकमले विद्यालयमा अध्यनरत गरिव तथा विपन्न वालवालीकहरुलाई निशुल्क शैक्षीक सामग्रि तथा पोशाक र झोला प्रदान गरिने भएको छ ।
सोही अवशरमा पत्रकार विनयकुमार कशजुवाट सोही विद्यालयमा अध्यनरत वालवालीहरुलाई ५१ थान वालपुस्तकहरु समेत प्रदान गरिएको छ । गरिवकालागि शिक्षा अभियान अन्तर्गत उक्त युवाले संचालन गरेको आर्थिक सहयोग संकलनका लागि रुरु गाविसवाट कामको शिलशिलामा अष्ट्रेलीया, जापान, ईजरायल, क्यानडा,वेल्जीयम लगायत मुलुकहरुमा पुगेका मानिसहरु रहेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग