Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आशा अपाङ्ग केन्द्र र मोडेल हस्पिटलको आयोजनामा शिविर संचालन

Published on 8:40:00 PM //

जनार्दन घिमिरे
गुल्मी,२० मंसिर । धागिथुममा बुधवार एकदिने नि:शुल्क प्लाष्टिक सर्जरी अप्रेशन शिविर सम्पन्न भएको छ । आशा अपाङ्ग केन्द्र गुल्मी र काठमाण्डौं मोडेल अस्पतालको संयुक्त आयोजनामा उक्त शिविर संचालन गरिएको थियो । शिविरमा गुल्मी लगायत छिमेकि जिल्लाहरुवाट आएका ओठ तथा तालु चिरिएका खुँडे अपाङ्गहरु र आगोले पोलेर कुँजो वनेका, हात तथा खुट्टाका औलाहरु जन्मजात वढी भएका, हात खुट्टा वाङगिएका वालवालीकाहरुको अप्रेशन गरिने भएको छ । ति वालवालीकाहरु मध्य ६ जनालाई काठमाण्डौ स्थित मोडेल हस्पिटल र अन्य वाँकिलाई लुम्विनि नर्सिङ्ग होम वुटवलमा नि:शुल्क अप्रेशनका लागि पठाईएको छ । शिविरमा पाँच जनालाई नि:शुल्क रुपमा कृतिम खुट्टा प्रत्यारोपण गरिने आशा अपाङ्ग केन्द्र गुल्मीकि उपाध्यक्ष गंगा रायमाझीले जानकारी दिनु भएको छ । शिविरमा खुँडे, आगोले पोलेका, सुस्त श्रवण र कृतिम खुट्टा प्रत्यारोपण समेत गरि ४५ जना विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । आशा अपाङ्ग केन्द्रले गुल्मी जिल्लामा लामो समयदेखि अपाङ्गताको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आईरहेको छ । शिविरमा मोडेल हस्पिटलका सर्जन वद्रि रायमाझी, आशा अपाङ्ग केन्द्रकि गंगाा रायमाझी, शुरेस श्रेष्ठ तथा मिरा थापा लगायतको टोलीको सहभागिता रहेको थियो ।
गुल्मीको सदरमुकाम तम्घास स्थित आशा अपाङ्ग केन्द्र १ गुल्मीको सदरमुकाम तम्घासमा वुधवार संचालन भएको एकदिने निशुल्क प्लाष्टिक सर्जरि अप्रेशन शिविर स्थलबाट गुल्मीन्युज सहकर्मी जनार्दन घिमिरे उपचारकालागि आएका वालवालीकाहरुका तस्बिरहरु ः




Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग