Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रोकिएन महिला हिंसा: एक वर्षमा २०३ महिला हिंसा सम्वन्धि उजुरी

Published on 8:29:00 PM //


विष्णु पौडेल
गुल्मी, मंसिर १४ । महिलामाथि हुने विभिन्न प्रकारका हिंसाहरु अन्त्य गर्नका लागी भन्दै वषौ देखी महिला हिंसा विरुद्धका कार्यक्रमहरु सञ्चालन भएपनि गुल्मी जिल्लामा प्रभावहिन भएका छन् । सदियौँदेखि महिलाहरुलाई दवाईएकोले हरेक कार्यमा महिला सहभागिता तथा महिलाहरुको विकासको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएका संघसंस्थाहरुका काम ‘वालुवामा पानी’ सरह भएका छन् । महिलाको क्षेत्रमा काम गर्न जिल्लामा स्थापना भएको सरकारी संयन्त्र महिला तथा वालवालिका कार्यालय र आधा दर्जन वढि विभिन्न संघसंस्था तथा संगठन भएपनि तिनिहरुको काम नारा र भाषणमा मात्रै सिमित भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान सञ्चालन भईरहँदा जिल्लामा दिनप्रतिदिन महिला हिंसाका घटना वढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको पछिल्लो तीन वर्षको तत्थ्याङ्कले महिला हिंसाका घटना वढ्दै गएको देखाएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०६७÷६८ मा ४२ ओटा महिला हिंसा सम्वन्धि निवेदन तथा ठाडो उजुरी परेका छन् । आर्थिक वर्ष २०६८÷६९ मा त्यो संख्या वढेर १ सय ४० पुगेको छ । जसमा कुटपिट सम्वन्धि ४९, गालीगलौज सम्वन्धि ६०, खानलाउन नदिएको सम्वन्धि ९, वोक्सीको आरोप ५, श्रीमान् परस्त्रीसँग लागेको १६ र अवैध गर्भधारण १ रहेका छन् । जसमध्ये १ सय ३८ उजुरी मिलीसकेका छन भने आरोपी फरारका कारण दुईओटा मिल्न वाँकी छन् । त्यस्तै गरी आर्थिक वर्ष २०६९÷७० को पहिलो चौमासिकसम्ममा ५५ ओटा निवेदन तथा ठाडो उजुरी छन् । जसमा २ ओटा मात्रै मिल्न वाँकी रहेका छन् ।
दर्ता भएका उजुरीमध्ये श्रीमानले रक्सी खाएर कुट्ने गरेको, खानलाउन नदिएको, परस्त्रीसँग लागेको, अर्की विहे गरेर दुख दिएकाको संख्या धेरै भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ‘जिल्लामा महिला हिंसाको अवस्था विकराल छ, प्रहरीमा महिला मुद्धा हेर्ने एक कर्मचारीले भनिन्, ‘महिला हिंसाको मुख्य कारण मादक पदार्थ वन्न पुगेको छ ।’ महिला हिंसा सहन हुँदैन भन्ने धेरैमा चेतना पसेका कारण महिला हिंसाका उजुरी धेरै परेको उनले वताईन् ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयमा पनि महिला हिंसा सम्वन्धि ठाडो उजुरीको संख्या वढ्दै गएको छ । गत आर्थिक वर्षमा ६३ ओटा ठाडो उजुरी दर्ता भएकोमा ६१ ओटा मिलीसकेका छन् । यस आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा २९ ओटा ठाडो उजुरी परेको छ । ति मध्ये २५ ओटा मिलीसकेको जिल्ला प्रशासन कार्यालयको मुद्धा फाँटले जनाएको छ ।
तर महिलाको क्षेत्रमा काम गर्दै आएको सरकारी संयन्त्र महिला तथा वालवालिका कार्यालयले भने महिला हिंसा विरुद्धका उजुरी वढ्नुलाई महिला हिंसा रोकिएको सकरात्मक संकेत भएको जनाएको छ । कार्यालयकी प्रमुख जमुना पौडेलले गाउँगाउँसम्म महिला हिंसा विरुद्ध फैलिएको चेतनाकै कारण उजुरी वढेको वताईन् । ‘पहिला इज्जत धान्नका लागी हिंसामा परेपनि वोल्नहुँदैन भन्ने थियो, उनले भनिन् ‘अहिले सवैमा चेतना पुगेको छ, आफु माथिको हिंसा सहन चाहानुहुन्न, यसलाई महिला हिंसा न्युनीकरण हुँदै जान लागेको सकरात्मक संकेतको रुपमा लिन सकिन्छ ।’
मानवअधिकारका लागी एकल महिलाकी मिना पन्तले महिलाको क्षेत्रमा काम गर्ने संघ्सँस्थाले हिंसा गर्ने गरेको वताईन् ।
ठाउँमा सहभागिता गराई्रन्न, मान्छै नै गनिन्न, उनले भनिन, ‘महिलाका अधिकार ‘एकल महिलालाई कुनै रक्षा गर्छौँ भन्नेले नै महिला माथि चरम हिंसा गरेका छन् ।’ जिल्लामा महिला हिंसाको मुख्य कारण मदिरा पदार्थ सेवन रहेको छ । त्यस्तै वैदेशिक रोजगार, अन्तर जातीय विवाह पनि महिला हिंसाका प्रमुख कारण रहेका छन् । जिल्ला प्रशासन र प्रहरी पर्ने उजुरीमध्ये अधिकांश उजुरी श्रीमान्ले जाँडरक्सी खाएर कुटपीट गर्ने गरेकोसँग सम्वन्धित छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग