Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीन्युज डट कमलाई "गुल्मी उद्योग वाणिज्य संघ उत्कृष्ट पत्रकारीता पुरस्कार"

Published on 1:33:00 AM //

प्रेम सुनार
मंसिर २३, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघले गुल्मी न्युज डटकमका संचालक सञ्जु काउछालाई "गुल्मी उद्योग वाणिज्य संघ उत्कृष्ट पत्रकारीता पुरस्कार" बाट सम्मान गरेको छ । अन्लाईन मिडिया
गुल्मी न्युज डटकम मार्फत समग्र जिल्लाको आर्थिक, सामाजिक एंव साँस्कृतिक लागायत सबै कृयाकलापहरुलाई देश भित्र र बाह्य विश्वमा समेत प्रचार प्रसार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै
गुल्मी उद्योग बाणिज्य संघले काउछालाई आफ्नो २१ औ साधरण सभाको अवसरमा आज सम्मानित गरेको हो ।
सम्मान ग्रहण गर्दै काउछाकी आमा । तस्बिर: तारा भुषाल
गुल्मीकै तुराङ्ग गाविस वडा नम्वर १ मजुवा स्थाई घर भई हाल फिनल्याण्डबाट अनलाईन मिडिया गुल्मी न्युज डटकम सन्चालन गरेका काउछाले गुल्मीका समचारलाई पहिलो प्राथामिकतामा राखेर सुचना, जानकारी, समाचार तथा बिबिध गतिबिधीहरु प्रकाशित गर्दै आएका छन ।

वाणिज्य संघले काउछालाई उत्कृष्ट पत्रकारको सम्मान पत्र सहित रु. १० हजार राशीको नगद पुरस्कार प्रदान गरेको हो । काउछा हाल फिनल्याण्डमै रहेकोले सम्मान पत्र र पुरस्कार राशी उनकी आमा कुन्ती काउछालाई हस्तान्तरण गरेको हो । यसै विच काउछाले आफुलाई पुरस्कार स्वरुप प्राप्त नगद नेपाल पत्रकार महासंघ, गुल्मीको भवन निर्माणका लागि सहयोग प्रदान गर्नु भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग