Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनटेस्ट युवा क्लबले तम्घासमा खुल्ला भलिवल प्रतियोगिता गर्दै

Published on 3:28:00 PM //


पि.एम.मगर
गुल्मी, पौष १४ गते । गुल्मी तम्घासको अन टेस्ट युवा क्लवले आफनो तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत राष्ट्रिय खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरेको छ । आईतवारदेखि सदरमुकाम तम्घासको चिदीचौरमा संञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको क्लवका सचिव नबिन श्रेष्ठले जानकारी दिनुभएको छ ।
शनिवार दिउँसोसम्म आधिकारीक रुपमा १३ टिमले प्रतियोगिताको लागि नाम दर्ता गरिसकेको साथै फोन सम्र्पकमा भने धेरै टिमले सम्पर्क गरेको क्लवले जनाएको छ । प्रतियोगिताको बिजेता समुहले ५० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेताले ३० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ । त्यस्तै तृतीय स्थानमा आउनेलाई २० हजार रुपैयाँ नगद र चौथो स्थानमा आउनेलाई पाँच हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लवले जनाएको छ। टीम दर्ताका लागि २ हजार पाँच सय रुपैयाँ लिने क्लवले निर्णय गरेको छ। टिम दर्ता भोली मध्यान्ह १२ वजेसम्म रहने क्लवले जनाएको छ । भलिवल खेल आइतबार दिउसो १ बजेबाट शुरु हुनेछ। प्रतियोगितालाई मध्यनजर गर्दै सरसफाई गरी चिदीचौरको खेल मैदानलाई चिटिक्क पारिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग