Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामेली शुभकामना साँझका कलाकार र अतिथीहरु टोकियोमा

Published on 4:18:00 AM //


वामी सेवा समिति जापानको आयोजनामा आउँदो नयाँ बर्ष २०१३ मा नेपालका चर्चित कलाकारहरुको बिशेष साँगीतिक कार्यक्रम वामेली शुभकामना साँझको लागि नेपालबाट आमन्त्रित अतिथि कलाकारहुरु आज जापान आईपुगेका छन ।

कलाकारत्रय सत्यराज राज आचार्य, स्बरुपराज आचार्य, श्रीकृष्णबम मल्ल साथमा रुद्रावती बहुमुखी क्याम्पसका प्रमुख हिरामणि अर्याल र त्रिबिका सह-प्राध्यापक जिबलाल सापकोटालाई संस्थाका बरिष्ठ सल्लाहकार रोसन के सी, अध्यक्ष सुरेश के सी र कोषाध्यक्ष कृष्ण प्रसाद सापकोटाले नारिता बिमानस्थलमा स्बागत गर्नुभएको थियो ।
ग्रामिण क्षेत्रमा उच्च शिक्षाको लागि कोही पनि बन्चित हुन नपरोस भन्ने उद्देश्यले रुद्रावती बहुमुखी क्याम्पस भवन निर्माणको सहयोगार्थ वामेली शुभकामना साँझको आयोजना गर्न लागिएको हो ।आमन्त्रित अतिथि कलाकारहरुको साथमा जापानका स्थापित संगीतकर्मीहरु रामकृष्णबम मल्ल, युवराज आचार्य, अमर गुरुङ, ऋषि पौडेललगायतका कलाकारहरुको पनि प्रस्तुति रहने आयोजक सँस्थाले जनाएको छ ।
आगामी मंगलवार जनवरी १ तारिखमा ईकेगामी खाइकानमा हुने उक्त कार्यक्रममा जापानको सबै क्षेत्रका नेपाली समुदायको रचनात्मक सहयोग र समर्थनको अपेक्षा गरिएको आयोजक संस्थाले बताएको छ ।
नेपाल जापान डट कमबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग