छोरालाई काटेर बाबुले आत्महत्या गरे
Published on
9:29:00 PM //
कञ्चनपुर, पुस ९ । कञ्चनपुरका एक बृद्धले छोरालाई घाइते बनाएर आत्महत्या गरेका छन् । भीमदत्त नगरपालिका–११ भुजेलाका ५८ वर्षीय रतन ओडले आइतबार राति २४ वर्षीय छोरा पदम ओडलाई धारलो हतियारले हानेर घाइते बनाएका थिए ।
छोरालाई घाइते बनाएपछि उनले घरभन्दा केही टाढा रहेको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । हतियारबाट घाइते भएका पदमको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार भईरहको जनाइएको छ ।
बाबु छोराबीच रक्सीसेवन गरेर भएको सामान्य विवादले ठूलो रुप लिँदा उक्त घटना हुन पुगेको जनाइएको छ ।