Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुरुमा कालिकाले बनायो बिश्रामस्थल

Published on 6:24:00 PM //


रुरु नेटवर्क
रिडी, माघ ३ । रुरु कालिका आमा सुमुह द्वारा बिष्णु पञ्जर स्थिती काली गण्डकीको तटमा निर्माण गरीएको बिश्राम स्थालको आज एक कार्यक्रमका बिच उदघतन गरीएको छ्। नेपाल सरकार उद्योग मन्त्रालय (ने.स.उ.म.) का सचिब कृष्ण ज्ञवालीले उक्त उक्त बिश्राम स्थालको उदघाटन गर्नु भएको हो । करीब तीन लाख रुपैयाको लागतमा निर्माण गरीएको उक्त बिश्रामस्थल निर्माणका लागि कृष्ण ज्ञवालीको सकृयतामा वातावरण मन्त्रालयबाट १ लाख ५० हजार रुपैँया, R.A.I.D.P. बाट ५५ हजार रुपैँया, नेपाल महिला लोकतान्त्रिक सन्जाल गुल्मीबाट ४० हजार रुपैँया, स्थानिय बिकास मन्त्रालयबाट २५,००० रुपैँया तथा ३० हजार रुपैँया बराबरको स्थानिय श्रमदान उपलब्ध गराइएको थियो । बिश्रामस्थल निर्माणका लागि धर्म कुमारी धिमिरेले जग्गा दान गर्नु भएको थियो । कार्यक्रम आमा समुहकी अध्यक्ष कमला गिरीको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथीमा ने.स.उ. मन्त्रालयका सचिब कृष्ण ज्ञवाली र बिशेष अतीथीमा नेपाल महिला लोक्तान्त्रिक सन्जालकी अध्यक्ष बिष्णु सापकोटा रहनु भएको थियो।
तस्बिर : रुरु नेटवर्क

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग