Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै ९ वर्षीया झड्केली छोरीलाई बलात्कार गर्ने पक्राउ

Published on 6:33:00 PM //


काठमाडौं, माघ ३
आफ्नै ९ बर्षीया झड्केली छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा गोठाटार-६ डेरा गरी बस्ने खोटाङ जिल्ला सतेश्वर-७ घर भएका ३० बर्षीय जंगबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ।
राईले गत पुस २८ गते ती बालिकालाई जवरजस्ती करणी गरेको भनी बालिकाको आमाले माघ २ गते महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दिएपछि खटिएको प्रहरीले निज राईलाई पक्राउ गरेको हो। बालिकालाई स्वास्थ्य परिक्षणको लागि प्रसुती गृह थापाथली र निज राईलाई स्वास्थ्य परिक्षणको लागि बीर अस्पताल लगिएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग