Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाहाको निधनप्रती नेपाली कांग्रेस क्षेत्र न. २ द्धारा शोक ब्याक्त

Published on 12:20:00 AM //


अनिल खत्री
गुल्मी, पौष १८ । नेपाली कांग्रेस खर्ज्याङ गाउँ कार्यसमितीका कोषध्यक्ष अम्मर बहादुर गाहाको निधनप्रति नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ क्षेत्रिय कार्य समितीले गहिरो दुख ब्याक्त गरेको छ । खर्ज्याङ २ निवासी नेपाली गाहाको गत पौष ९ गते ६६ वर्षको उमेरमा निधन भएको थियो ।
कांग्रेस क्षेत्रिय सचिव खिलध्वज पन्थीद्धारा हस्ताक्षेरीत शोक बिज्ञप्तीमा गाहाको निधनले कांग्रेसले अत्यन्तै होनहार, निष्ठावान, असल, अनुशासित र कर्मठ कार्यकर्ता गुमाउनु परेकोमा दुख ब्याक्त गरिएको छ । स्वर्गिय गाहा राजनितीक ब्यातित्व मात्र नभएर सामाजिक ब्याक्तित्व पनि हुनुहुन्थ्यो उँहाले नेपाली कांग्रेश र प्रजातन्त्र प्रति पुर्‍याउनुभएको योगदानले नेपाली कांग्रेस सधै ऋणी रहेको र उँहाको निधनले नेपाली कांग्रेस गुल्मीलाइ अपुरणीय क्षति भएको शोक बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग