Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जापानका नेपालीले बचाए गाउँकी सुत्केरीलाई

Published on 12:24:00 AM //


प्रेम सुनार
पौष १८, गुल्मी । प्रवासमा रहेका नेपालीहरुले गाउँको विकास निर्माण मात्र गरेका छैनन्, मृत्युसँग छटपटाईरहेका गरीब, असाहयलाई जीवनदान समेत दिने गरेका छन् भन्ने उदाहरण भर्खरै पेश गरेका छन् जापानमा कार्यरत नेपालीहरुले । वामी गा.वि.स.वडा नं – ७ निवासी चिन्तामणी खरेलकी श्रीमती मोती खरेल सुत्केरी बेथाले ३-४ दिनदेखि छटपटाईरहेकी थिईन घरमा ।
सदरमुकाम तम्घासको सरकारी अस्पतालमा नि ःशुल्क प्रसुति सेवा पाईन्छ भन्ने थाहा हुँदाहुँदै पनि चिन्तामणीले आवात जावत खर्चका लागि ऋण पाउन नसकेर जे हुन्छ ईश्वरको शिरोभर भन्दै श्रीमतिलाई घरमै राखेका थिए । जसले गर्दा ढिलाई हुन गयो र पेटको बच्चा तेर्सो पर्यो । अन्तत: पाल्पा प्रवास अस्पताल नलगे मोतिको ज्यानै जाने अवस्था सिर्जना भयो । अझै पनि उपाय केही थिएन चिन्तामणीको । एक मात्र विकल्प जापानमा रहेका वामी – ७ ठुलाखर्क निवासी कृष्ण प्रसाद खरेल र हरि प्रसाद खराल थिए ।
स्थानीय पत्रकार रामकृष्ण कँडेल भन्छन् ‘गाउँवासीले उहाँहरुलाई फोन गरेपछि चिन्तामणीलाई श्रीमति पाल्पा लैजाने आँट जगाई दिए । पाल्पा प्रवासमा मृत्यु शैयामा छटपटाएकी मोतीलाई जापानबाट खरेल बन्धुले ३३ हजार ५ सय ९७ रुपैयाँ पठाएपछि उनको ज्यान बाँच्यो ।’
खरेल बन्धुले जापानका २४ जना नेपालीहरुसँग चन्दा संकलन गरी उक्त रकम पठाएको कँडेलले जानकारी दिए । सो रकम एक समारोहका बिच वामी – ७ का आमा समुहले चिन्तामणीलाई हस्तान्तरण गरेका थिए । ढिलाई भएका कारण पेटको सन्तान बचाउन नसके पनि आमा बचाउन सकेकोमा जापानका खरेल बन्धुप्रति चिन्तामणीले कृतज्ञता प्रकट गरे । स्मरण रहोस् त्यस वामी, अर्लाङ्गकोट, आँपचौर र कुर्घा गा.वि.स.मा घर भई जापान लगायतको प्रवासमा रहने नेपालीहरुले त्यस क्षेत्रको शैक्षिक, मोटरबाटो, खानेपानी लगायतका विकासका पूर्वाधारमा समेत उल्लेखनीय योगदान पु¥याउदै आएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग