Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका युवा पेस्तोलसहित झापामा पक्राउ

Published on 4:14:00 AM //


झापा, माघ १० । लुटपाटमा संलग्न तीन जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ । प्रहरीले झापा खुदुनावारीबाट गुल्मी जिल्ला पौदीअमराई ९ स्थाई घर भएका तेजेन्द्र रायमाझी सहित झापा खुदुनाबारिका नविन भनिने नरेन्द्र फुयाँल र सोही स्थान बस्ने पाकु चौधरीलाई सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट अमेरिकन पेस्तोल १ थान, ईटालियन पेस्तोल १ थान, ३ थान म्याग्जिन र १४ वटा गोली बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये पाकु चौधरी र नरेन्द्र फुयाँललाई रुपान्देहीको बुटवल बसपार्कमा रहेको विशाल गेष्टहाउसबाट र तेजेन्द्र रायमाझीलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
उनीहरुले गत मंसिर १६ गते झापाको लक्ष्मीपूरमा विश्वजित राजबंशीबाट १० लाख २४ हजार रुपैयाँ, न्यू झापा ईलेक्ट्रिकल ट्रेड सेन्टर विर्तामोडबाट एक लाख ३३ हजार रुपैया, झापा दुवागढी स्थित मेट्रो पेट्रोल पम्पबाट हतियार देखाई ३० हजार रुपैया लुटपाट गरेको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग