Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका दृष्टिविहीनलाई काठमाडौंबाट सांगीतिका सामग्री

Published on 4:12:00 AM //


घनश्याम गौतम
जनज्योति उच्चमावि रिमुवाका दृष्टिविहीन विद्यार्थीका लागि सहयोग जुटेको छ । काठमाडौंमा बस्ने इन्जिनियर झबिन्द्र ज्ञवाली नेतृत्वमा ३० हजार बराबरका सांगीतिक सामग्री सहयोग गरेको विद्यालयका शिक्षक रामहरि पाण्डेले बताए । विद्यालयका अनुसार गितार, मादल, तबेला, क्यासियो, हार्मोनियमलगायत वाद्यसमग्री ज्ञवालीको टोलीले प्रदान गरेको हो । यसअघि पनि यही समूहले विद्यालयका विद्यार्थीलाई कापी, स्टालस, सेतो छडी, ब्ल्याङ्केटलगायत प्रदान गरेको थियो । विद्यालयमा दुई दर्जन दृष्टिविहीन अध्ययनरत छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग