Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रपतीले स्वविवेकले प्रधानमन्त्री छान, बाबुरामलाई मिल्काउ ः नेता महत

Published on 6:03:00 AM //


प्रेम सुनार
पौष २१, गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले अव स्वविवेक प्रयोग गरेर जसलाई मन पर्छ उसैलाई प्रधानमन्त्री छानेर वर्तमान प्रधान मन्त्री बाबुराम भट्टराईलाई बर्खास्त गर्न राष्ट्रपतिलाई उक्साएकाछन् । आज गुल्मीको सदरमुकाम तम्घासमा नेपाल शिक्षक संघ गुल्मीको सातौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महतले यसरी राष्ट्रपतिलाई उक्साएका हुन् ।
‘राष्ट्रपतिले पटक पटक म्याद थप्नु तमसा हो ’ डा. महतले भने ‘अव राष्ट्रपतिले बाबुरामलाई बर्खास्त गर्नै पर्छ र स्वविवेक प्रयोग गरेर उहाँले नयाँ प्रधानमन्त्री छान्नु पर्छ ।’ उनले थपे ‘मैले अब सहमतिको सम्भावना नै देखेको छैन, यस्तो अवस्थामा राष्ट्रपतिले आँट देखाउनै पर्छ ।’ ‘हिजो मात्रै सरकारले त्रिशुली ए लाई ६० मेघावाट ९० मेघावट बनाउने निर्णयलाई महतले ईतिहाँसमा सवै भन्दा ठुलो भ्रष्टाचारको संज्ञा दिए । महतले भने ‘यहि निहुँमा राष्ट्रपतिले बाबुरामलाई बर्खास्त गरिहाल्नु पर्छ । ’
‘त्रिशुली ए लाई ९० मेघावट बनाउन भन्दै सरकारले ४ अरव ठेकेदारलाई दिदैछ’ महतको आरोप थियो ‘त्यस मध्ये २ अरव उनिहरुले लिदै छन् । ठुलो आथिक चलखेलबाटै सरकारले हिजो त्यस्तो निर्णय गरेको हो ।’ ‘बाबुरामजिलाई उहाँको पार्टीले समेत हट भनेको छ , शुसिल कोईरालालाई प्रधानमन्त्री बनाउन पनि उहाँको पार्टी तयार छ ’ महतको भनाई थियो ‘ बाबुरराम जि वालहट गरेर सरकार कब्जा गर्ने रणनितिमा हुनुहुन्छ ।’
पुर्व अर्थ मन्त्री समेत रहेका डा. महतले उदारबादी अर्थनिति कांग्रेसको अजेण्डा भएको र त्यो एजेण्डामा एमाले, माओबादी आएको दावि गरे । उनले थपे ‘अव एउटा समस्या छ त्यो हो डयास माओबादी । उसले माथील्लो कर्णालीमा भारतीय लगानी लगाउन हुन्न भन्न थालेको छ । ’ उनले प्रश्न गरे ‘विदेशी लगानी भित्राउन नसके कसरी देश समृद्ध हुन सक्छ ? ’ उनले ड्यास माओबादीको त्यो विरोधलाई मुखता मात्रै भएको जिकिर गरे । उनले देशमा अवको शिक्षा ज्ञान मुखी हुनु पर्ने धारण राखे । ‘शिक्षा लागि शिक्षा होईन अव ’ महतले भने ‘ब्यबहारिक ज्ञानका लागि शिक्षा हुनु पर्छ । ’
‘शिक्षकहरुलाई हामीले कार्यकर्ता बनाएरै देशको शैक्षिक गुणस्तर खस्केको महतको तर्क थियो । ‘आफनो कर्याकर्ता भएपछि जस्तै बदमास शिक्षक भएपनि हामी संरक्षण गर्दछौ’ महतले प्रश्न गरे ‘अनि कसरी शैक्षिक क्षेत्र सुध्रिन सक्छ ?’
उनले काग्रेस, एमाले एउटै भएको जिकीर गर्दै एक दुई बर्षमा माओबादी पनि आफुहरुको एजेण्डामा आउने दावी गरे । स्पष्ट बक्ताका रुपमा परिचित नेता महतले कांग्रेसले संघिय राज्य पछि गरौला भन्ने अडान नछाडे कै कारण संविधान सभा विघटन भएको खुलासा गरे । उनको भनाई छ ‘माओबादीले आफुले चाहे जस्तो संविधानको अडान छाडेन हामीले पनि संघिय राज्य यो संविधानमा नराखौ राखे पनि अनुसुचिमा राखौँ भनेका थियौ उसले मानेन र जेठ १४ गते संविधान सभा विघटन भयो ।’
कार्यक्रममा अर्का केन्द्रिय सदस्य चन्द्र भण्डारी, त्रैलोक्य प्रताप सेन ओली , सो पार्टीका जिल्ला सभापति चन्द्र केसी लगायतले मन्तब्य राखेका थिए । उदघाटन सत्र पश्चात अहिले बन्द सत्र चलिरहेको छ । भोली सम्म सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । निर्वतमान अध्यक्ष प्रेम नारायण भण्डारीको अध्यक्षतमा चलिरहेको सम्मेलनमा उपाध्यक्ष विकाश चन्द्र खरेलको स्वागत मन्तब्य र सचिव हिरासिंह सारङ्गकोटीको सञ्चालन रहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग