Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो कतारका गुल्मेलिहरुको मिलन तथा बनभोज कार्यक्रम (फोटोहरु)

Published on 6:05:00 AM //

सुरेश बोहोरा
दोहा पुष २० । गुल्मी सेवा समाज दोहा-कतारको गुल्मेली मिलन तथा बनभोज कार्यक्रम शुक्रबार अल मर्कियाको घांसी मैदानमा भब्यताका साथ सम्पन्न भएको छ। सँस्थाका बर्तमान अध्यक्ष भरत सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली दुतावास दोहा कतारका उपसचिब ऋषिराम घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै बर्तमान अध्यक्ष भरत सापकोटाले सँस्था नितान्त नि:स्वार्थ सेवा गर्ने सँस्थाको रुपमा अघि बढिरहेको र सम्पूर्ण गुल्मेलीहरुलाई हरेक क्षेत्रमा एक ढिक्का भएर अगाडी बढ्न आग्रह गर्नुका साथै गुल्मेली मात्र नभई सम्पूर्ण नेपालीले बिदेशमा धेरै दु:ख पिडा भोगिरहेको अवस्थामा सम्पूर्ण नेपालीहरु एकजुट भएर अगाडी बढ्न सके यहाँको समस्या समाधानमा सहज हुने कुरामा बिशेष जोड दिनुभएको थियो ।
कार्यक्रमममा सँस्थाका प्रथम उपाध्यक्ष बिजय बस्नेतले स्वागत मन्तब्य राख्नुका साथै प्रमुख सल्लाहकार दोर्ण ब.बस्नेतले सँस्थाको पृष्ठभुमि जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा अतिथिहरु क्रमश: सुरेश मिश्र, जितेन्द्र पाण्डे, शिव खड्का, प्रकाश मिश्र, विवेक झा तथा पाँचथर सेवा समाजका संरक्षक चन्द्र ब.न्यौपानेले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
अधिकतम गुल्मेलीहरुको उपस्थिति रहेको कार्यक्रममा गायकहरु दिपक बि.क. र डोलराज परियार (गुल्मेली कान्छो) ले सम्पूर्ण दर्शकहरुलाई गीतसंगित मार्फत भरपुर मनोरंजन प्रदान गराएका थिए ।
 हेरौ उक्त कार्यक्रमस्थलबाट कुमार अबिरलले खिच्नुभएका केही तस्बिरहरु:  







भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग