Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन्द सकिए लगतै थप आन्दोलनको घोषणा

Published on 8:03:00 PM //

८ फागुन, काठमाडौं । नेकपा-माओवादीले आहृवान गरेको बन्द खुलेको छ । तर, बन्दसकिएल गतै बैद्य माओवादीसहितका ४ दलले थप आन्दोलनको घोषणा गरेका छन् ।

मंगलबार विहान ५ बजेबाट सुरु भएको बन्द अपराहृन ५ बजेबाट बन्द खुलेको हो । बन्द खुलेसँगै राजधानीसहित देशभर यातायातका साधन चल्न थालेको छ भने बजार पनि खुलेको छ ।

बन्द सकिएको घोषणा गर्न रनपार्क शान्ति बाटिकामा नेताहरुले प्रधान्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने दलहरुको सहमतिको मस्यौदा जलाइएका छन् । साथै भोलि नेकपा-माओवादी, मातृका नेतृत्वको माओवादीसहितका ५ दलले भोलि प्रदर्शनसहित राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउने घोषणा गरेका छन् ।

प्रधान्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने दलहरुको तयारी र जनयुद्धकालीन मुद्दा ब्यूँताएको विरोधमा नेकपा-माओवादीले बन्द आहृवान गरेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग