Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाबुले आफ्नै छोरीलाई मारेर झुण्डाए

Published on 10:42:00 AM //


सुनसरी, फागुन ७, सुनसरी भादगाँउ सिनुवारी ५ का जयबहादुर लुइँटेलले आफ्नै छोरीको हत्या गरेको आरोप लगाउँदै स्थानीयवासिन्दाले इलाका प्रहरी कार्यालय इटहरी घेराउ गरेका छन् ।
छोरीको हत्या गर्ने बावुलाई प्रहरीले पक्राउ गरी कारवाही नगरेको भन्दै स्थानीयबासिन्दाले सुनसरीको पकलीमा पूर्व पश्चिम राजमार्ग एक घण्टासम्म अवरुद्ध पारेका छन् । प्रहरीले अनसन्धानमा कुनै कमी हुन नदिने र दोषी देखिए कडा कारवाही गर्ने प्रतिबद्धता जनाएपछि यातायात भने खुलेको छ ।

कान्छी श्रीमतीको लहै–लहैमा लागेर १८ बर्षिया छोरी मुना लुईटेललाई गत फागनु ४ गते शुक्रबार जयबहादुरले हत्या गरेर छिमेकीको दावी छ । हत्यापछि जयबहादुरले झुण्डिएको मरेको देखाउने छोरीको शवलाई झुण्ड्याएको छिमेकीहरुको आरोप छ ।
छिमेकी शोभा भण्डारीले फागुन ४ गते मुनालाई बावुले कुटेको देखेको बताउनुभयो । उहाँले लुगा धुने बिषयमा बावु छोरीबीच बिवाद भएको र त्यसपछि बावुले कुटेको बताउनुभयो ।
छिमेकी देवराज तिम्सिनाले जयबहादुरले यसअघि पनि पटक पटक छोरीलाई कुटपिट र यातना दिने गरेको आरोप लगाउनुभयो । लुइँटेलले चार जनालाई बिवाह गरेको छिमेकीहरुले बताएका छन ।
जेठी श्रीमतीको निधन भएपछि माइली र साइँली श्रीमती ल्याएको भएपनि उनीहरु यातनाका कारण छाडेर हिडेको छिमेकीहरुको दावी छ । कान्छी श्रीमती भने अहिले लुइँटेलसँगै बस्दै आएकी छिन् ।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रामबहादुर ढकालले घटनाको बिषयमा अनुसन्धान भइरहेको बताउनु भयो । उहाँले थप अनुसन्धानका लागि आरोपी जयबहादुरलाई पक्राउ गरेर ल्याएको जानकारी दिनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग