Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा बाँदरले सताउन थालेपछि स्थानियबासी चिन्तित

Published on 6:57:00 PM //

पि.एम.मगर
गुल्मी, चैत्र १० । कृषकले लगाएको आलु लगायतका तरकारी एवं फलफुलहरु खेतवारीमा वाँदरले खाईदिन थालेपछि गुल्मीको जैसिथोक, छापहिले लगायतका गाविसका विभिन्न स्थानका कृषकहरु चिन्तित बनेका छन् ।
जैसीथोक गाविसको वार्ड नं. ७ मा कृषकहरुले लगाएको नगदेबाली खाने एवं नष्ट गर्ने गर्न थालेपछि उनीहरु चिन्तित वनेका हुन । वाँदरले वारीमा लगाएको गहुँ, मसुरो, केराउ, सिपचना लगायतका वाली खाने तथा नष्ट गर्ने गरेको कृषकहरुको भनाई छ । वाँदर धपाउन कृषकहरु दिनभर वारीमा जाने गर्दछन् । त्यस्तै वाँदरहरु गाउँमै पसी स्थानीयको घरको छाना छानामा जाने, घर भित्र पस्ने गरेको सरस्वती पोखरेलले वताउनुभयो । उता छापहिले गाविस वार्ड नं. ६ का कृषकहरुलाई पनि वाँदरले निक्कै सताउने गरेको छ । वडा नं. ६ को सागबारी, वडा नं. ७ को घैयाखारी, भेडीगोठ लगायतका स्थानमा कृषकहरुले लगाएको आलु, मकै, मसुरो, गौँ, जौँ, तरकारी, फलफुल लगाएतका नगदेबाली उखेल्ने तथा खाने गरेको उनीहरुको भनाई छ । आफुले लगाएको नगदेबालीलाई बाँदरले नष्ट गर्न थालेपछि रातदिन लागेर खेतबारीमा बाँदर धपाउन लाग्नुपर्ने वाध्यता बनेको उनीहरुले वताएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग