Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगलागीवाट साढे ३ लाख वरावरको क्षति

Published on 6:54:00 PM //

पि.एम.मगर
गुल्मी, चैत्र १० । बाग्लुङको बोहरागाउँ गाविस वडा नं. ३ याङम्याङ् स्थित एक घरमा आगलागी हुँदा ३ लाख ५१ हजार बरावरको क्षति भएको छ । स्थानिय गौरवबहादुर घर्तीको घरमा गएराती अचानक आगलागी हुँदा उक्त क्षति भएको हो । सो स्थानमा बस्ती कम भएको तथा प्रहरी कार्यलय समेत टाढा रहेकाले समयमै आगो नियन्त्रणमा आउन नसक्दा ठुलो क्षति हुन पुगेको स्थानिय निरज शाहीले बताउनुभयो । आगलागीबाट घरभित्र रहेको अन्न, लत्ता कपडा, कागजपत्र, ५० हजार नगद समेत जलेर नष्ट भएको छ । त्यस्तै ११ वटा वाख्रा समेत जलेर मरेका छन् । आगलागीको कारण भने खुल्न नसकेको र घटनावारे अहिले अनुसन्धान चलिरहेको इलाका प्रहरी कार्यालय झिवाखोलाले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग