Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलाले सञ्चालन गर्दै परिक्षा केन्द्र

Published on 9:38:00 AM //


प्रेम सुनार
चैत्र ६, गुल्मी । गत वर्षदेखि गुल्मीमा एस एल सी परिक्षाको जिल्लामा छुट्टै पहिचान दिन थालियो जसलाई यसपाली पनि निरन्तरता दिईएको  छ । गेटमा उभिएका सुरुक्षाकर्मीदेखि केन्द्र अध्यक्ष र परिचरसम्म पुरै महिला रहेको परिक्षा केन्द्र बनाईएपछि यस्तो छुट्टै पहिचान दिईएको हो ।
गत वर्ष महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घासमा थियो भने अहिले सो विद्यालय ख केन्द्रबाट शिद्धबाबा उच्च माध्यामिक विद्यालय खानीगाउँ तम्घासमा चलिरहेको छ ।
महिलाहरुले पनि पुरुषले सरह जे पनि गर्न सक्छन् भन्ने उदाहरण दिन गत वर्षदेखि कम्मर कस्दै आएकी जन जागृति उच्च मावि हुँगा १ ठुलापोखराकी शिक्षिका कमला भण्डारीयसपाली पनि उनि नै त्यहाँ केन्द्र अध्यक्ष बनेकी छन् । कोट पाईन्टमा सजिएकी उनि शाहसीलो र स्वाभलम्भी चेहरामा देखिन्थीन् । अन्य महिलाहरु आ–आफ्नो जिम्मेवारी मै तल्लीन थिए । अनुगमनमा पुगेका पुरुषहरु उपुरखुट्टी लगाएर बाहिर गफ हाँकिरहेका थिए ।
केन्द्र अध्यक्षदेखि ,सुरक्षाकर्मी र परिचरसम्मका पुरै महिलाहरु परिक्षाहरु आ–आफ्नो जिम्मेवारीमा तल्लीन थिए । महिला नै महिलाले परिक्षा केन्द्र सञ्चालन गर्न पाउँदा कस्तो लागेको छ त ? उनै केन्द्र अध्यक्ष कमला भण्डारीले भनिन् गर्व लागेको छ र जिम्मेवारी दिए महिलाले त्यो जिम्ेवारी निभाउन सक्दो रैछन भन्ने उदाहरण पेश गर्न सकिएको छ ।
गत वर्ष पनि उनै केन्द्र अध्यक्ष रहेर महिला नै महिलाको परिक्षा केन्द्र भनेर निकै चर्चा पाएको थियो । गत वर्ष निकै राम्रो केन्द्रका रुपमा मुल्याङ्गनमा परेपछि यस पाली पनि उसै टिमलाई जिल्ला शिक्षा कार्यालयले तोके छ ।
गत वर्ष पनि त्यस केन्द्रकी सुरुक्षा प्रुमुख प्रहरी सहयाक निरक्षक विष्णु गुरुङ्ग थिईन अहिले पनि उनैको कमाण्डमा ५ जना महिला प्रहरी खटाईएको रहेछ । पुरै महिला नै महिला भएर काम गर्न पाउँने अवसर प्रहरी अधिकृतहरुले दिएकोमा उनले हौसला बढेको बताईन । गत वर्ष राजकुमार बैदवार डिएसपी सावले जिम्मेवारी दिनु भयो यसपालीका डिएसपी र ईन्सपेक्टर सावले पनि अवसर दिनुभयो उनले भनिन् हौसला बढेको छ र महिलाले पनि केहि गरेर देखाउन सक्छन् भन्ने लागेको छ ।
उनि थप्छीन महिला नै महिला भएको केन्द्रमा अनुशासन राम्रो छ र मर्यादित केन्द्र बनेको छ । केन्द्र अध्यक्ष, निरक्षक, सुरक्षाकर्मी र परिचर सहित कुल २० जना महिलाहरु त्यस केन्द्रमा रहेको अध्यक्ष भण्डारीले जानकारी दिईन् ।
महेन्द्र उच्च मावि तम्घास, बुद्ध मा.वि अर्खले, उपल्लो तम्घास जनसहयोग मावि भुवनपानी अर्खले सहित ४ वटा विद्यालयका कुल २ सय ३७ जना विद्यर्थी रहेकोमा ७ जना अनउपस्थीत रहेको केन्द्र अध्यक्ष भण्डारीले बताईन् ।
गत वर्ष त्यस महिला नै महिला रहेको केन्द्रबाट परिक्षा दिने विद्ययार्थीहरु राम्रो अंक लिएर उतिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । त्यस परिक्षा केन्द्र मर्यादित संग सञ्चालन भएको जिल्ला शिक्षा अधिकारी गोविन्द प्रसाद अर्यालले बताए । केन्द्र अध्यक्ष भण्डारी आफ्नो विद्यालयमा पनि एउटी दक्ष र मेहनती शिक्षिकाका रुपपा चिनिन्छीन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग