Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्यान्सर पीडित वसन्तीलाई २ लाख सहयोग, संकलन कार्य अझै जारी

प्रेम सुनार
गुल्मी, ११ फागुन । रेडियो पत्रिका ओझेलका खवरमा स्तन क्यान्सर रोगले जिवन मरणको दोसाँधमा रहेकी गुल्मी हस्तीचौरकी वसन्ती कुँवरको सहयोगको अपिल संवन्धी खवर गुल्मीन्युज डट कममा प्रकाशित भएपछि विदेशमा रहेका नेपालीहरुले सहयोग संकलन कार्य तिव्र पारेका छन् ।
उनको खवर प्रशारण भए लगत्तै ईजरायलमा रहेकी गुल्मी मुसिकोट ५ देउरालीकी विद्या कार्की, ईस्मा रजस्थल घर भई दुवईमा कार्यरत गुल्मी टुडेका सञ्चालक मानबहादु कुँवर, मुसिकोट ९ निवासी वहराईनमा कार्यरत जिवन खनाल, पौदीअमराई घर भई हाल अमेररिकामा कार्यरत कैलाश केसी , तुराङ्गको मजुवा घर भई हाल क्यानाडामा कार्यरत सुरेश बोहराले गुल्मी केयर फेश बुक पेज मार्फत वसन्ती बचाउ अभियान सुरु गर्नु भएको हो ।

अहिले सम्म विभिन्न मुलुकबाट करिव २ लाख रुपैयाँ सहयोग भएको आँकलन अभियानले आँकलन गरेको छ । पहिलो फेजमा गुल्मी केयर अभियानले ३३ हजार ५ सय ५१ रुपैयाँ ईजारायल प्रतिनिधी विद्या कार्कीको पहलमा संकलन गरी तम्घास स्थित भृकुटी डेभलप्मेण्ट बैंकमा पठाई सकिएको छ । क्रमशः दोश्रो, तेश्रो , चौथो फेजमा रकम पठाउने ब्यबस्था मिलाईएको दुवईबाट गुल्मीटुडेका सञ्चालक एवं वसन्ती वचाउ अभियानका दुवई प्रतिनीधी मानबहादुर कुँवरले जानकारी दिनु भयो ।
उहाँले दिएको जानकारी अनुसार गुल्मी केयर अभियान मार्फत सहयोग गर्नेहरुमा मुसिकोट घर भई जापनमा कार्यरत रामवावु घिमिरे र श्रीमति सिता घिमिेरबाट ५ हजार, गुल्मी कै मुसिकोट ५ देउराली घर भई कोरियामा कार्यरत देव रायमाझीबाट ५ हजार, पौदी अमराईका गणेश केसी हाल मलेशियबाट ५ हजार, अर्घाखाँची, अर्घातोष तिलुवका हरि थापा मार्फत भारतबाट ४ हजार ४ सय ४४, उहाँलाई सो रकम अर्घाखाँची अर्घातोष सुन्तलारुखा घर भई गजराँतमा कार्यरत प्रकाश थापा र माया थापाले ३३ सय ३३, न्यु दिल्लीमा कार्यरत गुल्मी सिमीचौर ७ निवासी माया थापा र तिलुवाका हरि थापा अर्थात फेश बुक आई डि मेरो माया तिमीलाई मार्फत जम्मा भएको । त्यस्तै गुल्मीको वामी २ घर भई जापानमा कार्यरत अनिता केसीबाट ३ हजार ३ सय ५६ , त्यस्त्र गुल्मीको बडागाउँ ६ ठुलापोखरा घर भई जापानमा कार्यरत विमल जिसीले ५ हजार , मुसिकोट ५ बुढाथोक घर भई मलेशियामा कार्यरत शोभाखर विसीबाट २२ सय ४१ , भारतको पुनाबाट राजेन्द्र परियारले २४ सय , सिमीचौर ७ की माया थापाले ११ सय ११ सहित ३३ हजार रुपैयाँ पठाईएको छ ।
गुल्मी केयर ईजराईल प्रतिनीधी विद्या कार्कीले दिएको जानकारी अनुसार वसन्त्ीलाई े बचाउ अभियानमा देशै भरको नेपालीहरु जो प्रवासमा हुनु हुन्छ सक्रिय हुनु भएको छ । त्यस्तै मुसिकोट ५ देउराली घर भई साउदी अरव निवासी बिण्णु घिमिरेले १० हजार रुपैयाँ सहयोग पठाउनु भएको छ । गुल्मी कै बडागाउँ ५ पेंगा निवासी शंकर खत्रीले दुवईबाट १५ हजार रुपैयाँ सहयोग पठाउनु हुने भएको छ । पौदीअमराई २ अरेवाका गणेश केसी मस्कोबाट ५ हजार, हर्दिनेटाका बाबुराम पन्थले १ हजार सहयोग गर्नु हुने भएको छ ।
यस अघि चेक रिपब्लिकमा कार्यरत नेपालीहरुले करिव ७० हजार रुपैया सहयोग संकलन गरेका छन् । चेक रिपब्लिक मुलुकमा कार्यरत नेपालीहरुको संस्था नेपाली चौतारी चेक रिपब्लिकले करिव ७० हजार संकलन गरेको गुल्मीको वामी अर्जेवा निवासी संस्थाका अध्यक्ष बैकुण्ठ रायमाझीले संस्थाका उपाध्यक्ष पाण्डप अधिकारी मार्फत नेपाल पठाईएको जानकारी दिनु भएको छ ।

वसन्तीका छिमेकीहरु पनि कतारमा सक्रिय

वसन्ती कुँवरको समाचार सुनेर कतारमा कार्यरत वसन्तीका छिमेकीहरुले पनि सहयोग संकलन कार्य तिब्र पारेका छन् । हस्तीचौर ४ सौरपानी घर भई कतारमा कार्यरत नमदेव पन्थीको अगुवाईमा ६७ हजार ५ सय रुपैयाँ संकलन गरी भृकुटी विकाश बैंकमा पठाउने कार्य भई रहेको त्यहाँबाट पन्थीले जानकारी दिनु भयो । उहाँले दिएको जानकारी अनुसार प्रति ब्याक्ति ५ सय देखि ५ हजार सम्म सहयोग गर्नेहरुमा हस्तीचौरका प्रेम कुँवर , खिमबहादुर कुँवर, गजेन्द्र कुँवर, कमल कुँवर, ईन्द्र कुँवर, किशान कुँवर, हस्तीचौर कै नारायण कुँवर, नमदेव पन्थी, गोविन्द पन्थी, दिपक पछाई, प्रकाश खत्री, शन्तोष श्रेष्ठ, गौतम खत्री, सुर्य बोहरा, कृष्ण बोहरा, ढालबहादुर खत्री, पुष्कर पन्थी, बाबुराम खत्री, हुमबहादुर पछाई, पदम बि.क. रहनु भएको छ । त्यस्तै दर्लामचौर १ का पदम बि.क, रामकोटका बाबुराम महत, रामकोट कै रोशन कुँवर,बिक्रम अधिकारी , यमराज महत र तम्घास निवासी राजु उपाध्याय लगायत रहनु भएको छ । त्यस्तै ओझेलका खवर सुनेर पुर्वी नेपालका नेपालीहरुले समेत उहाँ मार्फत सहयोग गरेका छन् । कतारमा कार्यरत भरतपुर ११ निवासी सोम राईले ५ हजार भन्दा बढि सहयोग गर्नु भएको छ ।
त्यस्तै सोही स्थानका हेमप्रसाद सुनार, तनहुँका थिरचन्द्र पोखरेल, सर्लाहीका राजकुमार , धनुषाका ईन्कार, खादिर हमाल , चिरन्जीवी कंडेल, धनुषा कै लालन भगत, भारतका मोहमद, अर्घाखाँचीका हरि पन्थी गोर्खाका बिष्णुप्रसाद, कृष्ण केसी, बाग्लुङ्गका लालबहादुरले क्रमशः १ हजार देखि ५ हजार सम्म सहयोग गरेको कतारबाट हस्तीचौरका नमदेव पन्थीले जानकारी दिनु भयो ।

परिवारले सहर्ष स्विकारेको एक सफल अन्तर्जातिय विवाह (बिशेष अडियो रिपोर्ट)

Published on: // , ,
अझै पनि हाम्रो समाजका कतिपय रुढीवादी सोच भएका मानिसहरु दलित र गैह्र दलित युवा युवती विचको प्रेम सम्वन्ध सहन सक्दैनन् र उनिहरु विवाह गरेर महिनौं संगै वसे पनि उनिहरुलाई छुटाएर, चोख्याएर अन्यत्र विवाह गराई दिने गरेका छन् ।
यस्तो विकट गाउँमा भन्दा बढि प्रतिष्ठाका नाममा सदरमुकाम तम्घास सेरोफेरो लगाएतका शहरमा जहाँ शिक्षित सचेत रहेका हुन्छन्, तिनीहरु विचमा हुने गरेको प्रशस्त उदाहरणहरु छन् । तर विकट गाउँ दर्लिङ्गका एक जोडीले भने अन्तरजातिय विवाह गरेर कुनै जालझेल सहनु परेन् ।
मगरको छोराले बिश्वकर्माकी छोरी विवाह गरेर निर्धक्क घर भित्राए, परिवारले सहर्ष स्वीकार गरे। तिनै उदाहरणीय जोडीको सफल अन्तरजातिय विवाह सम्वन्ध कोट्याउँदै हुनुहुन्छ गुल्मीन्युज सहकर्मी प्रेम सुनार, सुनौ:


मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

यस्तो छ तम्घासको फोहर माथि खेलिएको राजनीति: अडियो रिपोर्ट

Published on: // , ,
एक रिर्पोट झण्डै एक महिनादेखि गुल्मीको तम्घासमा फोहर उठ्न सकेन ।
अनि नेपाल सरकारले करोडौंको गुरु योजना तम्घास डम्पीङ्ग साईट निर्माणका लागि दिने भने पनि फोहर माथीको फोहरी राजनितीका कारण डम्पीङ्ग साईट बन्न सकेन । हालै सुरु गरिएको डम्पीङ्ग साईट पनि वैकल्पीक । यस सम्वन्धमा ओझेलका खवर युनिटले विशेष रेडियो रिर्पोट तयार गरेको छ । सुनौं सहकर्मी प्रेम सुनारबाट:

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

खुसुक्क गुल्मी आएका पुर्व गृह मन्त्री घिमिरेले कहाँ के गरे, के भने? (बिशेष रेडियो कुराकानी)

Published on: // ,
गुल्मी, ७ फागुन । हालै सरकारको जिम्मेवारी हस्तान्तरण गरेर बुधवार खुस्स गुल्मी आई पुगेका पुर्व गृहमन्त्री माधव घिमिरे सदरमुकाममा सञ्चारकर्मीसंग टाढिँदै फर्किँदै थिए । प्युठानको स्र्वगद्धारीको दर्शन गरी अर्घाखाँची हुँदै गुल्मीको पवित्र धार्मिक स्थान रेसुङ्गाको अवलोकनमा पुगेर तम्घासको मझेरी होटलमा खाना खाई फर्किन लागेका उनलाई सहकर्मी प्रेम सुनारले अन्तवार्तका लागि आग्रह गरेपछि केहि कुरा गर्न स्वीकार गरेका थिए ।
जिम्मेवारीबाट बाहिरिए पनि गृह मन्त्री कै तामझाममा आएका उनलाई होटलमा भेट्न सिडयो कमलराज ढकाल, एलडियो हरिप्रसाद ज्ञवाली, गुल्मी उद्योग वाणिज्यसंघका अध्यक्ष अखिलेस्वर प्रसाद पाण्डे, महासचिव कृष्णप्रसाद पोखरेल लगायत पुगेका थिए तर अरुले भने सुँईको समेत पाएका थिएनन् । सुनौ के भने त पुर्व गृह मन्त्री घिमिरेले गुल्मीन्युज सहकर्मी सुनारसंगको कुराकानीका क्रममा ?


मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

गुल्मीमा भित्रियो सन ब्राण्ड ईट्टा (अडियो कुराकानी)

Published on: // , ,
झण्डै एक दशक देखि ईट्टा उत्पादनमा बैग्लै पहिचान बनाउँदै आएको रुपन्देहीको एक कम्पनीले बुधवारदेखि गुल्मीमा आफ्नो उत्पादनको आधिकारिक विक्री वितरण सुरु गरेको छ ।
सन ब्रिक ईण्डष्ट्रिज ( प्रा.) लि., केरवानी–५ खैरेनी रुपन्देहीले बुधवारदेखि सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी विभिन्न चार बैग्ला बेग्लै गुण स्तरका ईट्टाहरु गुल्मीमा आधिकारिक वितरण सुरु गरेको जानकारी दिएको छ । सन ब्रिक ईण्डष्ट्रिज सञ्चालक समितिका अध्यक्ष अजयमान श्रेष्ठले तम्घासको साहुटोलस्थित रेसुङ्गा ट्रेड सेन्टर मार्फत विक्री वितरण सुरु गरेको जानकारी दिए ।
सो ईट्टाको अधिकृत विक्रेता सेन्टरकी सञ्चालक विष्णु भुसालले गुणस्तरिय ईटाको माग गुल्मीमा बढ्दै गएकोले सन ब्राईण्ड ईट्टाको अधिकृत विक्रेता हुन चाहेको बताईन् । नेपाली कांग्रेस गुल्मीका युवा नेता दामोदर भुसालकी धर्म पत्नी रहेकी विष्णुले अल्ट्रा सोलर एनेर्जीको कारोवार समेत गर्दै आएकी छन् । नेता भुसालले उक्त कार्यक्रममा बोल्दै जिल्ला भित्र निर्माण हुने भौतिक संरचनाहरु गुणस्तरिय र टिकाउ होउन भन्ने उद्देश्य लिएर गुणस्तरयुक्त ईट्टा जिल्लामा भित्राउने पहल गरिएको बताए । यस अवसरमा सन ब्रिक ईण्टस्ट्रिजका सञ्चालक समिति अध्यक्ष अजयमान श्रेष्ठसंग सहकर्मी प्रेम सुनारले रेडियो कुराकानी गर्नु भएको थियो । सुनौ श्रेष्ठसँगको कुराकानी:
मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

यसरी फेला पर्यो दुर्घटनाग्रस्त जहाज (अडियो कुराकानी)

आइतवार दिउँसो १ बजेदेखि बेपत्ता नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज अर्घाखाँचीको ढिकुरा गाविसको मसिनेको जंगलमा फेला परेको छ ।
स्थानीय युवा कमल सारु स्थानीय अन्य युवाहरुसँग बिहान हिउँ खेल्न जाने क्रममा जहाजको सानो अवशेष फेला परेपछि खोजी गर्दै जांदा अन्य अवशेष पनि फेला परेको जनाएका छन्। दुर्घटनास्थलमा १८ जनाकै शव क्षतविक्षत अवस्थामा भेटिएको थियो। हिमपातले शवहरु पुरिएका थिए। अहिले जहाज दुर्घटना भएको स्थानमा नेपाली सेनाको हेलिकप्टर उद्धारको लागि अवतरण गर्ने प्रयास गरेपनि अत्यन्त भीर र खराब मौसमका कारण अवतरण गर्न नसकेको उनले बताए। घटनास्थलमा रहेका सारुले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा घटनाको बारेमा जानकारी दिएको र उद्धार टोली घटनास्थलतर्फ आउदै गरेको जानकारी दिए। दुर्घटनास्थलमा नेपाल टेलिकम र एनसेलका ठूला टावरहरु समेत रहेका छन्।
सुनौ गुल्मीन्युज सहकर्मी प्रेम सुनारले अर्घाखाँचीका निमित्त प्रहरी प्रमुख राजेन्द्र प्रशाद श्रेष्ठसँग गर्नुभएको टेलिफोन कुराकानी:

  मोबाइलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

जहाज दुर्घटना अप्डेट: प्रहरी भन्छ ‘खिदीममा दुर्घटना भयो भन्ने मिडियालाई नै सोध्नुहोस हामीलाई थाहा छैन’

Published on: // ,
दिउँसो देखि सारा मिडियाले अर्घाखाँचीको खिदीममा विमान दुर्घटना भएको पुष्टी भयो भन्दै समाचार संप्रेषण गरेका छन् तर गजवको कुरा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीसंग साँझ ६ वजेतिर सम्पर्क राख्दा उल्टै केहि थाह पाउनु भयो भनेर सोध्छ ।
निमित्त जिल्ला प्रहरी प्रमुख गोविन्द पन्थीले भने–‘ खिदीममा दुर्घटान भयो भनेर जुन मिडियाले लेखे उनैहरुसंग सोध्नुहोस, हामीलाई थाह छैन् । सुनौ सहकर्मी प्रेम सुनारसंग उहाँले टेलिफोनमा गरेको कुराकानी:
मोबाईलमा सुन्न तल क्लिक गर्नुहोला ।

प्रेम दिवस, प्रेम सुनार र सम्झनामा नयाँगाउँले अनी तुराङे पञ्चेवाजा (अडियो)

Published on: // ,
हिजो भ्यालेनटाईन डे बिशेष रेडियो कार्यक्रम चलाएर धेरै मनोरञ्जन दिने, कैयौं मन छुने र ससुराले भुँडी बोकाएका हुन भन्ने जस्ता महिलाहरुको भण्डाफोर गर्ने सम्मको सामग्री ओझेलका खवर भाग २ पस्कीने तयारी थियो । तर दुर्भाग्य हामीलाई गुल्मी जिल्लामा हिंजो देखि गएको बत्तिले घात ग¥यो ।
बत्ति आउने समय पर्खिदै गर्दा प्रेम र विवाह अनि तिनै पञ्चेवाजा र उनैको झझल्को आयो । आँगनमा लगाईएको जग्गे, खाली पैतला संगै वरीपरी घुमेको सम्झे, त्यो स्वामी र पिपलको विचमा रहेको चौरमा चिउरा मागेको, कोही कोही मान्छे लजाएको, आँख छलेर चिमोटेको, उनले पनि नजानिँदो गरेर चिमोटेको, मुटु एक्कासी भुक्कभुक्क.... खै कस्तो.........कस्तो ............, निसास्सीँदो स्वास प्रतिस्वास..........नौलो मान्छे नौलै अनुभुति............तर साथमा धेरै आदरणीय मान्छेहरु । बोलुँ बोलँु त लाग्छ भो जलाई पनि, मलाई पनि त्यो कल्पनामा लागेकै थियो, सायद उनलाई पनि ............फेरी उनै दर्शनीहरु घन्काए बाजा । मलाई पनि नाच्न कर गरियो । संगै नाच्ने फेशन आ’को, नाचियो पनि त्यही बारुले कम्मर रातो झल्कीनै साडी संगै एकछिन ्। वाह.............त्यो क्षण...........।
एकछिन पछि खै के के भयो.........यस्तै यस्तै रिर्पोटको विचमा ओझेलका खवरमा प्रशारित तिनै तुराङ र नयाँगाउँका प्रशिद्ध पञ्चेबाजा राख्ने मेरो धोको पुरा हुन सकेन र मैले हिजो मेरा प्रिय श्रोतालाई पनि निरास बनाउन पुगे केवल बत्तिका कारण । कृपया आज तिनै बाजा मात्रै भए पनि सुन्ने कि ?
जुन रिर्पोटको विचमा तुराङका बाजा पुनः प्रशारण गर्ने मन पनि थियो । यसर्थ अरु नसके पनि ल्यापटपको साहरा लिएर तुराङका तिनै बाज मात्रै भए पनि ओझेलका खवर युनिट लभ गरेका जोडीहरु मध्ये भागेर होईन बाजै बजाएर विवाह गर्न चाहेकाहरुलाई समर्पित गर्दछ:

मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला । 
अब सुनौ तुराङको चर्चित पञ्चे बाजा पनि

मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला । 

बढिघाट खोलामा मृत भेटिएकी कल्पनाको हत्या कि आत्महत्या? किन मौन छ प्रहरी?

अनुरोध: मृतकको तस्बिर अली बिभत्स छन्, कृपया कमजोर मुटु हुनेहरुले नहेरिदिनुहोला । 
यो पनि पढ्नुस्: बिशेष रिपोर्ट: कसरी गयो कल्पनाको ज्यान? के भन्छन परिवार, छिमेकी र उनलाई चिन्नेहरु? (अडियो) 
                    बढिघाट खोलामा डुबेर एक महिलाको मृत्यु

प्रेम सुनार
गुल्मी । नेपाल टेलिकमको विश्वस्त श्रोतका अनुसार उनले चलाउँदै आएको सिमबाट ११ दिन देखि कुराकानी बन्द भएको थियो । यस हिसावले उनि कसैको बल्याकमेलमा परेको हुनुपर्छ भन्ने अनुमान लगाउन पनि सकिन्छ । श्रीमान गत चार वर्ष देखि बैदेशिक रोजगारका लागि युरोपेली मुलुक लग्जम्बर्गमा हुनहुन्छ । ५ बर्ष र ११ बर्षका दुई छोरा घरमैं र १३ वर्षकी जेठी छोरी मामा घर बुटुवलमै बसेर पढ्दै थिईन् । दुई तिन दिन अघि मात्र उनि छोरी र श्रीमानसंग कुराकानी भएको उनको छोरा बताउँछन् । माघ २६ गते साँझ करिव ८ वजे सदा झैँ खाना खाएर विस्तरामा लडेकी उनलाई एक पुरुषको फोन आउँछ । केहि वेर कुरा हुन्छ । वालकहरु सुते ।
फोन आएको मात्रै थाह भयो के कुरा भयो पुरै उनिहरुले सुन्न पाएनन् । विहानपख करिव ४ वजेतिर वस आउँछ । दिदी.....दिदी भनेर एक जना पुरुषले दोकानको समान राख्न बोलाएपछि आमा बाहिर निस्केको बताउँछन् मृतक खरालका ११ बर्षिय छोरा अनि कति वेला भन्छन् त्यति वेला मात्रै थाह पाएको हुँ आमा विस्तरामा हुनु हुन्न भन्ने कुरा । यो २७ माघ विहान दोभान नजिकै बडिघाट खोलामा मृत फेला परेकी आँपचौर ६ ईन्द्रगौंडाकी ३५ वर्षिय कल्पना खरालको छोरा र आफन्तजनसंग गरिएको रेडियो कुराकानीमा आधारित सामग्री हो यो । उहाँका श्रीमान घनश्याम खराल विदेश हुनु हुन्छ । उहाँका छोराको कुरा सुन्ने हो भने बैदेशिक रोजगारको परिणती जो जसले भोगेका छन्, त्यही भोगाई उहाँका श्रीमानले र त्यही मराई कल्पनाको हो कि भन्ने अडकल काट्न सकिन्छ ।
कसैले ब्ल्याकमेल गरेको थियो कि भन्ने उहाँको छोराको भनाईले देखाउँछ । सत्य यहि हो पत्याउनुस वा नपत्याउनुहोस समाजमा नजिकका हुन वा टाढाका विदेश श्रीमान भएकी महिला माथीको गिद्धेदृष्टी डाल्ने भुसतिघ्रेहरुबाट बच्न गारो भई सकेको छ । निर्दोषलाई पनि वापत लगाउने, लोग्नेले विदेशमा कमाएको पैसा प्रति डाह गर्ने र त्यसको रिस उसकी श्रीमतिसंग पोख्ने, भरसक घर विगार्ने षडयन्त्र भई नै रहन्छ हाम्रो समाजमा । विदेश श्रीमान भएका कैयौं महिलाको विकृतिको खवर पनि लेखेँ मैले र उनिहरु मध्ये निर्दोषहरुको पिडा पनि लेखेँ र परिवार, समाजले छुटाउन लागेकाहरुलाई पनि जोडाएँ मैले जस्तो लाग्छ । केहि घटनाहरु म संग छन् ।
ओझेलका खवरमा सुनि सक्नु पनि भएकै होला । खास के हो भने कसैसंग जान आँटेका महिलाहरुले श्रीमानले कमाएको पैसा धुलो पार्छन र छोरा छोरीहरुको हेर विचार पनि गर्दैनन् । तर कल्पनाले थुकले टिपेर पैसो जोगाए जस्तो देखिन्छ । उहाँले किराना पसल गर्नु हुन्थ्यो । अर्लाङ्गकोटस्थित माईती परिवार पनि प्रतिष्ठीत र यता घरमा पनि त्यस्तै । ईज्जत उहाँको सवै भन्दा ठुलो सम्पत्ति हो भन्ने कुरा म पनि छिमेकी गाविस भएको नाताले बुझ्न सक्छु ।  तर नियतिले त्यसरी झम्टीन पनि सक्छ । सुन्दा कम्मरमा बाँधेको रुमाल कम्मरमैं छ । पानीमा डुवेका शरिर धेरै माथीबाट बगेको छैन भन्ने सहजै अनुमान गर्न सकिन्छ । शवको प्रकृतिले र ११ वािर्षय छोराको भनाईले यहि भन्छ कि कल्पनाको मृत्यु घटना साजिस भनिने हिन्दी फिल्मको झैं ठुलो रहस्यको गर्वमा छ । प्रहरीले आफ्नो धर्म निभायो भने रहस्य छिट्टै पत्ता लगाउन सक्छ ।

को को थिए त उनि माथी डाह गर्नेहरु ? को को थिए त आँखा गाड्न खोज्नेहरु ? को को थिए त उनलाई सुत्ने बेलामा फोन गर्नेहरु ? पहिल्लै देखि प्रयोग गर्दै आएको मोवाईलको अन्तिम कल कसको थियो ? के के कुरा भएका थिए ? यि सवै पत्ता लगाउन प्रहरीले सक्छ । हत्या हो वा आत्महत्या ? यो प्रहरीले बाहिर ल्याउन जरुरी छ । यदि उसले आत्महत्या नै भने पनि हत्या हो र उनलाई मर्न बाध्य पार्नेलाई कार्बाही नभए अव जनता उठ्नुहोुस । भोली तपाई, म र जो कोहिपनी त्यसरी नै मर्नेछौं । यस्तो पनि कानुन हुन्छ ? यो त ज्यानमारा कानुन हो । कसरी मरे थानापतिमा पढाउने शिक्षक ? कसरी मरिन दौँघा माईती भएकी अर्घखाँची पडेनाकी चेली ? कसरी झण्डै प्रहरीले निर्दोष सावित गरी सकेको थियो अमरपुरमा श्रीमती मारेर झुण्डीएको बनाउने श्रीमान ? गुल्मी जिल्लाका यस्ता धेरै उदाहरणहरु म संग सुरक्षित छन् । प्रहरीलाई मेरो आग्राह अव भिर देखि तल भेटिने शव, झुण्डीएर, विष सेवन गरेर वा खोलामा डुवेर मरेका मान्छे उपर गहिरो छानविन गरोस । खाली आत्महत्याको संख्या बढि देखाउने र टेन्शन सेन्सन मिल्काउने परिपाटीले नै जिल्लामा धेरै मान्छे आत्महत्या भन्दै कसैबाट मारिएका हुन सक्छन् ।
वस्तुको कुलोमा भेटिएका हिमालय उच्च मावि वस्तुका तत्कालिन परिचरको हत्या नै भएको हो भन्ने कुरा सर्वसाधरणले समेत अडकल गर्छन् । यहाँ सम्मकी त्यसको बारेका खोजि निती गरीस भने तेरो पनि तेही हालत होला भनेर धम्की दिने मान्छेको फोन नम्वर र कल गरेको समय दिँदा समेत गुल्मी प्रहरीले उसलाई बोलाएर सोधपुछ गर्न सकेको छैन । परिवारजनका अनुसार आसंका गरिएको त्यो ब्याक्तिको प्रहरीमा ठुलै ओहदाको मान्छे छ । त्यस्तो भए पहँुचमा भएका मान्छेहरुबाट पहँुच विहिनहरु अकालमै मारिने त ? प्रहरीले उल्टो पिडितलाई धम्काउँछ । वस्तुका ति पिडितहरुलाई पनि त्यही गरेको हो । यस्ता थुप्रै घटना पत्रकार हुँ भन्नेहरुले खोजौं तर प्रहरीको भनाई राखेर मात्रै समाचार लेख्ने हो भने उसको प्रवक्ता हुँ भनेर घोषण गरौं जसले गर्दा मान्छेहरु अकाल मर्नबाट बच्न सक्थे कि भन्ने लाग्न थाल्यो ।
थानापतिका शिक्षकले छात्रालाई दुब्यबहार गरेको र मदिरा सेवन गरेको कुरा त आयो सञ्चार माध्यममा तर उनि माथी कति सम्म प्रहार हुँदै आई रहेको थियो ? त्यो कुरा किन आएन ? यस्तो प्रश्नमा घोतलिँदै उनका परिवार तड्पिएर बसेका छन् । उनि माथीको त्यो प्रहार स्थानियवासीबाट बुझने हो भने त्यो मदिरा सेवन, त्यो छात्रामाथीको दुर्ब्यवहार भन्ने कुरा पनि त सुनियोजित मञ्चन हुन सक्यो । नागरिक पत्रकारिताको यो दुनियाँमा कसैले कसै माथी भ्रष्टचारको आरोप लगाउँछ भने त्यो नियम संगत छानविन हुने कि लेख्ने मान्छेलाई नै प्रहरी र आफ्ना दलवल लगाएर ठिक पार्ने ? यो प्रश्न पनि उनका परिवारजनले गरेका छन् ।
पछिल्लो पटक ईन्द्रेगौडाकी कल्पनाको मृत्यु घटनाले मलाई साह्रै यस कुरामा चिन्तीत पार्यो कि अव अकाल मृत्युको शिकार हुनेमा बैदेशिक रोजगारमा हुने पुरुषका श्रीमतीहरुको सङ्ख्या बिस्तारै बढ्दै छ । मृतक खरालका जेठा छोराको कुरा सुन्दा कसैले उनिहरुलाई कठोर बन्न सिकाए जस्तो छ । ए वावा, ति अवोध वालक अरुका बाबु आमा मर्दा त आँशु थाम्न नसक्ने हुनु पर्ने तर उनि भन्छन्, "हामीलाई नै रातमा छोडेर जाने आमा सम्झेर कति रुने ? बरु मन सम्हालेर त्यो पाँच वर्षको भाईलाई हुर्काउने, पढाउने गर्दछौं ।" अडियोमा रेकर्ड उनिहरुसंगको कुराकानी जती मार्मिक र हृदयबिदारक छ उती नै सोचनिय पनि छ । ओझेलका खवरको नियमित स्तम्भ जीबनको गोरेटोका लागि तैयार पारिएको बिशेष रिपोर्ट सुन्न यहाँ क्लिक गर्नुहोला ।

१९ वर्ष पछि भनभनेकी एकल महिलाको ओठमा त्यो खुशी (अडियो)

Published on: // ,
प्रेम सुनार
गुल्मी, २६ माघ । स–साना दुई छोराहरु, गरिवीले आक्रन्त भएर भारतमा मजदुरी गर्न गएका श्रीमान त्यहाँ गएको ५ महिना नवित्दै मृत्यु भयो । श्रीमान खिमानन्दको खै कसरी मृत्यु भयो ? थाह हुन सकेन । २४ वर्षको उमेरमा सिन्दुर पुछिएकी भनभने २ वढाचौरकी चेतकुमारी पोखरेलको आज भन्दा १९ वर्ष अघिको त्यो विचल्ली सम्झींदा अहिले पनि मुटु भक्कानिन्छ । तर अहिले अविचलित र धै¥यताको परिणाम कस्तो हुँदो रै’छ त ? भन्ने उदाहरणकी पात्र बनेकी छन् उनै एकल महिला पोखरेल । सिन्दुर पुछिएका कतिपय महिला विचलित भएर थप दु:ख पिडा पाएको र छोरा छोरीको समेत विच्चल्ली भएको कतिपय घटनाका सामु पोखरेलको हिजो र आजको दिनचर्यले केहि सन्देश दिने देखेर स्थलगत रेडियो रिर्पोट तयार गरेको छु । सुनौ र मनन् गरौ:

नेत्र ज्योति संघ गुल्मीको उत्कृष्ट कार्य: एक रिर्पोट

Published on: // ,
प्रेम सुनार 
गुल्मी, २६ माघ ।  हिजो देखि शुरु भएको नेपाल नेत्र ज्योती संघ गुल्मीको १८ आंै जिल्ला सभाको बन्द सत्रले बिभिन्न निर्णयहरु गरेको छ । बन्द सत्रले सचिव अखिलेश्वरप्रसाद पाण्डेद्वारा प्रस्तुत प्रतिबेदनलाई पारित गरेको छ । त्यस्तै कोषध्याक्ष डिल्लरिाज भुसालद्रारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि पारित गरेको सचिव पाण्डेले जानकारी दिनुभएको छ । 
आर्थिक बर्ष २०६९- ७० को आय व्यायको लेखा परीक्षण  पनि बन्द सत्रले अनुमोदन गरेको छ । त्यस्तै चालु आर्थिक वर्षका लागि प्रस्तावित बजेट पनि पास गरेको छ । कोषध्यक्ष डिल्लीराज भुसालद्वारा ६६ लाख ४ सय ३५ रुपैया गत आर्थिक वर्ष ६९÷०७० को आम्दानी पेस गरिएको छ ।
  उहाँद्वारा प्रस्तुत प्रतिवेदनमा नेत्रज्योति संघ गुल्मीको कुल सम्पती ११ करोड १३ हजार १ सय ६८ रुपैया रहेको छ । उहाँले यस चालु आर्थिक वर्षको लागि ५२ लाख २ हजार ३ सय ४७ रुपैया खर्च छुट्याउनु भएको छ । त्यस्तै ६३ लाख १५ हजार ५ सय १६ रुपैयाँ मध्ये ३ लाख २३ हजार १९ रुपैयाँ बचत गरिएको उल्लेख छ ।
   बन्द सत्रले प्राथामिक आँखा उपचार केन्द्र वामीका लागि ५० लाख भन्दा बढी मुल्य बरावरको जग्गादान गर्ने र ३० लाख भन्दा बढी मूल्यको भवन समेत बनाई दिने घोषणा गर्नु भएका वामी ६ का अगुवा समाज सेवी कृष्णहरी सापकोटा र तम्घास आँखा उपचार केन्द्रका प्रमुख सुर्यबहादुर बस्नेतलाई गरिएको सम्मान प्रति सन्तोष व्यक्त गर्दै आभार प्रकट समेत गरिएको छ ।
  बन्द सत्र सस्थाका सभापति भरतबहादुर चन्दको सभापतित्व र सचिव अखिलेश्वरप्रसाद पाण्डे, सह–सचिव गुणनिधी शर्माको संयोजनमा सम्पन्न भएको थियो । संघको १८ आंै जिल्ला सभाका अवसरमा संघले गरेका उत्कृष्ट कार्य र सहयोगदाताका सम्वन्धमा ओझेलका खवर युनिटले रेडियो रिर्पोट तयार गरेको छ । सुनौं  सहकर्मी माया पुनबाट:

गरिवी, घरेलु हिंसा र परिक्षामा फेल भएपछि आत्महत्या

Published on: // , ,
प्रेम सुनार
गुल्मी, २५ माघ । गरिवीका कारण र परिक्षामा फेल भएपछि गुल्मी जिल्लामा एकै दिनमा दुई जनाले आत्महत्या गरेका छन् भने २ जनाले आत्महत्या प्रयास गरेका छन्् । छापहिले गाविस वडा नम्वर ९ वस्ने वर्ष ६४ का वाले बि.कले गरिवी कारण र तम्घास ५ की १५ वर्षिया पुष्पा टण्डनले परिक्षामा फेल भएका कारण आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै अर्खले ७ की ३० वर्षिया कमला परियार र तम्घास मिलनचोकका अस्थाई वासीन्दा कपुर मेहताले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । उनिहरु दुवैको पाल्पा रिफर गरी उपचार भई रहेको प्रहरी निरक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । यि दुई जनाको भने कारण खुल्न सकेको छैन ।
त्यस्तै तिन अघि मात्र नेटा ५ की २५ वर्षिया कमला सुनारले पटक पटक श्रीमान लक्ष्मण सुनारले कुटपिट गर्दै आएपछि आत्महत्याको प्रयास गरेकी थिईन् । उनले स्थानिय जंगलको रुखमा झुण्डएर आत्मा हत्या गर्न लागेको देखेपछि स्थानिय महिला रनमाया पुनले उद्धार गरेकी थिईन् । उनका श्रीमानले मदिरा सेवन गरी सधै जसो जसो कुटपिट गर्ने गरेकोले बाँच्नु भन्दा मर्नु निको भन्दै आत्महत्या गर्न लागेको कमलाले बताईन् । आठ वर्ष अघि विवाह भएको उनका दुई छोराछोरी छन् । अहिले माईतीमा गएर बसेको र उनि असुरक्षित रहेको नेटाकी महिला विकास समितिकी अध्यक्ष समेत रहेकी पुनले जानकारी दिईन् ।
परिक्षामा फेल भएकी तम्घासकी पुष्पा टण्डनले रिर्डश पब्लिक हाई स्कुल तम्घासमा कक्षा ९ मा पढ्दै थिईन् । विद्यालयको आन्तिरक परिक्षामा फेल भएको प्रिन्सीपल श्रीप्रसाद भलामीले बताए । जिल्लामा गत श्रावण महिना देखि हाल सम्म ३६ जनाले आत्महत्या गरेको प्रहरी कार्यालय मुद्धा शाखाका प्रहरी सहायक निरक्षक सत्यनारायण यादवले बताए । गोर्खा र गुल्मी आत्महत्या गर्नेहरुमा अगाडी रहेको प्रहरी निरक्षक श्रीवास्तवले बताए ।

आत्महत्या की हत्या ?

यसै विच गत कार्तिक २२ गते गुल्मीको दौंघामा झुण्डिएर मृत्यु भयो भनिएकी एक महिलाका माईतीजनले उनका परिवारले हत्या गरेको आरोप लगाएका छन् । दौघा ९ घर भई अर्घाखाँचीको पंडेना १ माईती भएकी २४ वर्षिया मिना ज्ञवाली घर स्थित स्थानिय जंगलमा कार्तिक २२ गते झुण्डीएको अवस्थामा मृत फेला परेकी थिईन् । त्यसको केहि महिना अघि उनका श्रीमान मदन ज्ञवालीले गर्भपतन गर्न दवाव दिएको र दुई वर्ष अघि विवाह भएकी उनलाई दाईजो कम दिएका कारण डेढ महिना पछि हेला गर्दै आएको उनकी आमा जयन्त पौड्यालले बताईन् ।
तिहारमा आएकी छोरी घर अव जान्न मेरो ज्यान लिन सक्छन् भनेकी थिई छोरीले उनले भनिन् ज्वाई भन्नेले सिकीस्त विरामी छु मुख भेट्न आईज भनेपछि हामीले कर गरेर पठायौ, आखिर उनि विरामी रहेन्छन गएको दुई दिनमैं मारियो । उनले छोरीले आत्महत्या गरेको पटक्कै स्वीकार गर्न सक्दिनन् । मेरी छोरीको सन्तान जन्माउने ठुलो रहर थियो तर उसको श्रीमानले जवर जस्ती फाल्न लगाए पछि छोरी रुँदै हिँड्दै गरेकी थिइन् जयन्तले भनिन् ।
मिनाका दाजु काशीराम पौड्यलले पनि श्रीमान र उनका परिवार मिलेर मारेको र प्रहरी प्रशासनलाई पैसा खुवाएर झुण्डीएको बनाईएको आरोप लगाए । उनका अनुसार ज्वाई मदनका एक जना सभाषदले यस घटनालाई गापचुप पार्न ठुलो भुमिका खेलेका छन् । जाहेरी दिए पनि प्रहरीले मदनकै पक्ष लिई आफुहरुको बेवास्त गरेको मिनाकी वहिनीको गुनासो रहेको छ । यस्तै माईतीजनलाई मिनाका शव प्रहरीले खाली कागजमा जवर जस्ती साईन गराएर बुझ्न लगाएको पाल्पा भुवनपोखरी ५ का उनका मामा दिनानाथ पौड्यालले बताए । यता जिल्ला प्रहरी प्रमुख डिएसपी राजकुमार लम्सालले भने आफुहरु पैसा वा कसैको शोर्स फोर्शमा नलागी स्वतन्त्र पुर्वक अनुसन्धन गरेको दावि गर्दै झुण्डएर उनको मृत्यु भएको बताउछन् । उनले भने–‘ तै पनि हामी थप अनुसन्धान गर्दैछौं । ’

आफ्नै गतिलो वास नभएकी एक बृद्धाले चन्दा दिएपछि विद्यालय चकित

प्रेम सुनार
गुल्मी, २३ माघ । माघ १९, २० र २१ गते तिन दिन सम्म स्वर्ण महोत्सव मनाएको घोर्ले माध्यामिक विद्यालय दुविचौर गुल्मी, आज एक्कासी गाउँकी अति विपन्न र असाहय बृद्धा आएर चन्दा दिएपछि चकित परेका छ ।
दुविचौर १ उर्लेनी पियानीडाँडाकी विपन्न र असहाय ८७ वर्षिया बृद्धा सुन्तली बिश्वकर्माले आज विद्यालयमै आएर ५२ सय रुपैयाँ चन्दा दिएपछि विद्यालय परिवार चकित परेको हो । बृद्धा सुन्तलीको भत्कीएको सानो झुपडी छ, विहान खाए बेलुका के खाउँ छ । जसको श्रीमानको मृत्यु भएको एक दशक भयो । ‘उहाँका छोरा छोरी पनि छैनन् ’–त्यस विद्यालयका प्रधानध्यापक विष्णुराज गिरीले भन्नु भयो–‘यस्ती विपन्न र असहाय बृद्धाले विद्यालयमै आएर ५२ सय रुपैयाँ पटुकीबाट निकालेर चन्दा दिँदा बाउन्न करोड दिए जस्तो लागेको छ ।’
प्रधानध्यापक गिरीले त्यस्ती दयाकी पात्रले चन्दा दिदा आफ्नो आँखा रसाएको बताउनु भयो । त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमबहादुर बस्नेतले विद्यालयलाई चन्दा पैसावालाले मात्रै दिन्छन भन्ने मानसिकता उहाँले् तोड्नु भएको बताउनु भएको वताउनु भयो । ‘एक महिना सम्म प्रत्येकका घरमा चन्दा माग्न जाँदा पैसावालाहरुको नमिठो बचन पनि सहनु प¥यो ’–वस्नेतले भन्नु भयो –‘यस्ती विपन्न बद्धाले विद्यालय मै आएर चन्दा दिदा त्यस्ता पुँजीपतिहरुलाई चुनौती थपिएको महशुस गरेका छौं ।’ बृद्धा सुन्तलीले आफुले कतै टाढा तिर्थ गर्न नगएको र कुनै ठुलो यज्ञ–जग्गे लगाउन नसकेकोले पुण्य कमाउन स्कुललाई सहयोग गरेको बताउनु भयो । उहाँले दान भन्ने कुरा धन भएकाले होईन मन भएकाले गर्छन भन्ने कुरा बुझ्न आग्राह गर्दै आफ्नो सन्तान नभए पनि अरुका सन्तानले पढ्न पाए आफुलाई ठुलो सन्तोष प्रप्त हुने धारणा राख्नु भयो ।
घोर्ले माध्यामिक विद्यालयले उहाँलाई आज एक कार्यक्रमको आयोजना गरी सम्मान समेत गरेको छ । सम्मान कार्यक्रममा यसै समाचारदातालाई आतिथीका रुपमा आमन्त्रण गरिएको थियो भने विद्यालय ब्यबस्थापन समिती अध्यक्ष हुमबहादुर वस्नेतको अध्यक्षता, शिक्षक खुमबहादुर खत्रीको स्वागत मन्तब्य र प्रधानध्यापक विष्णुराज गिरीको सञ्चालन रहेको थियो ।

उनै चन्दादाता सुन्तली बिश्वकर्मालाई विशिष्ट सदस्यको प्रमाण पत्र सहित दोसाल्ला ओढाएर सम्मान गर्दै अध्यक्ष हुमबहादुर बस्नेत र प्रधानध्यापक विष्णुराज गिरी

किन सुटुक्क गुल्मी हान्निए प्रमुख निर्वाचन आयुक्त उप्रेती? (भिडियो सहित)

प्रेम सुनार
गुल्मी, १८ माघ । हिजो सुक्रबार अपरान्हतिर पहिलो पटक गुल्मी आई पुगेका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले पहाडी जिल्ला पाल्पा र गुल्मीलाई प्रकृतिले गजवको बनाएको रै’छ भन्ने प्रतिकृया दिएका छन् । संविधान सभा निर्वाचन पछि पहिलो पटक जिल्ला भ्रमणमा निस्केको बताउने उप्रेती सरकारी कार्यालयका प्रमुखदेखि पत्रकार सबैबाट टाढै रहेर आफ्नो गन्तब्य तम्घास ९ को नेटा गाउँतिर लागे पनि यस समाचारदाता पछ्याउँदै जाँदा विचबाटोमा गाडी रोकेर छोटो प्रतिकृया दिँदै यस्तो बताएका थिए ।
पाल्पादेखि गुल्मी आई पुग्दा यो पहाडी जिल्ला पाल्पा र गुल्मीलाई प्रकृतिले गजवको बनाएको पाएँ’–उप्रेतीले भने’–साह्रै रमाईलो लाग्यो । ’ उनले पाल्पा देखि गुल्मी सम्म आई पुग्दा यहाँका जनता एक जना पनि गरिव नदेखेको बताए । भने–‘निकै हरियाली रहेछ, गुल्मीका जनतालाई कहिं–कहिं पानीको समस्या भएको सुने तर पाल्पादेखि गुल्मी सम्मका जनता सम्पन्न रहेछन् एउटा पनि गरिव भएको देखिन मैले ।’  निर्वाचन पछि चार–पाँचा वटा जिल्लाका विचारहरु बुझौं कस्तो गरिएछ चुनाव ? अरु को कसले के बोले भन्दा पनि जनता सत्य बोल्ने भएकोले उनै जनताको भावना बुझौं, जसले गर्दा भोलीका दिनमा सुभधार गर्न सकियोस् भन्ने उद्देस्य रहेको उनको कथन थियो ।
उनले भ्रमणको यस्तो निहुँ् बनाए पनि धर्म पत्नी सहित खास त उनि नितान्त ब्याक्तिगत कामले गुल्मी आएको श्रोतले बताएको छ । तम्घास ९ नेटास्थित उनका पुर्व स्वकिय सचिव चुरामणी पन्थीकी माताको निधनमा शोक प्रकट गर्न उनि गुल्मी आएको सुरुक्षा निकायले जानकारी दियो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरक्षक सुशान्त श्रीवास्तवले भने–‘उहाँ सुरुमा जिल्ला निर्वाचन कार्यालयमा आउनु भयो अनि खाना खाएर सिधै उता लाग्नु भएको हो, यहाँ सिडियो सावसंग पनि भेटघाट गरेको थाहा भएन ।’


गुल्मीमा एकजना पनि गरिब देखिँन: आयुक्त उप्रेती (अडियो कुराकानी)

संबिधान सभाको निर्वाचन पछी पहिलो पटक जिल्ला भ्रमणमा निस्केको बताउने प्रमुख निर्वाचन आयुक्त निलाकण्ठ उप्रेती यतिबेला गुल्मीको तम्घास पुगेका छन । तम्घास पुगेपछी गुल्मीन्युज सहकर्मी प्रेम सुनार संग उनले गरेको अडियो कुराकानी सुनौँ:

  मोबाईलबाट सुन्न यहाँ क्लिक गर्नुहोला । 

अडियो रिपोर्ट: सहिद परिवार नै सोध्छन् आज के को विदा हो ?

Published on: // ,

तम्घासको सहिद चोकमा सहिद सम्शेरबहादुर खत्रीको सालिकमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले आज विहान माल्यार्पण गर्दै थिए । मोटाघाटा, कोट पाईन्टमा सजिएका उनिहरु माल्यार्पण पछि सकियो सहिदका कुरा अनि समुह समुहमा आफ्नै गफ चलाउँदै थिए । ठिक त्यति नै बेला एक जना माओवादी नेता वाईक घुईकाउँदै आए र चिया पसलमा पसे । लगत्तै एक जना एमाले नेता वाईकमै आएर कफी मागे । सहिदको सम्मान कार्यक्रमा सकियो । त्यस्तै १० बज्न आँटेको थियो एक जना सहिद परिवारका बृद्धले जिल्ला प्रशासन कार्यालय अगाडी आएर सोधे–‘सवै कार्यालयहरु बन्द रहेछन् आजको के को विदा हो बाबु’ भनेर ।
बल्ल सहिद दिवसको समाचार भित्रको समाचार लेख्न ति बृद्धले झझल्काए । त्यसका लागि धेरै टाढा जान परेन् । हामीले गुल्मीको सदरमुकाम तम्घासका मजदुरहरुसंग पहिला बुझ्यौ कि उनिहरु सहिद परिवार हुन् होईनन् । अनि हामीले ति मध्येका सहिद परिवार र एक जना द्धन्द्ध पिडित महिलासंग सोध्यौं आज के को विदा भएर होला सरकारी कार्यालय बन्द भएको भनेर । उनिहरुले थाहै छैन भने ।
त्यसपछि मैले वाईकमा आउने ति माओवादी नेता, मन्त्री भन्दा अझ जमेका कांग्रेस नेता, एमाले नेता र ति सहिद परिवारको जिवन स्तर दाँजेर हेंरे र धिक्कार छ भन्ने महशुस गरे । यो देशको परिवतर्नका लागि छोरा छोरी गुमाउने ति सहिदका परिवारको खुट्टामा चप्पल छैन् विहान खाए बेलुका के खाउँछ । तर उनिहरु भने चप्पलबाट जुत्तामा पुगे, जुत्ताबाट वाईकमा पुगे अनि अरु दलका कुनै नेताहरु न जागिर न कुनै ब्यवसाय कसरी त्यत्रो महल ठडाए त भन्ने कुराले म अचम्भीप्त भएँ ।
अझ अचम्म त तव लाग्यो जव रेडियो गुल्मीमा सहिद दिवस सम्वन्धी समाचार प्रशारण भयो । किन ? हामी पनि त्यो कार्याक्रममा अतिथी थियौं हाम्रो नाम त छुटाईएछ नि, ठिकै छ भनेर गुनोसो गरियो । गजव छ बा । सहिद दिवसमा सहिद परिवार नआउनु त ठिकै छ उनिहरुले आज सहिद दिवस हो भन्ने कुरा समेत थाह पाउन सकेनन् भने कसैलाई सालिकमा अझ भनौं लास माथी फुल राखेको नाम समेत नआएर गुनासो । सुनौ सहकर्मी प्रेम सुनारले उनै सहिद परिवारसंग आज के को विदा हो भनेर सोधेको कुराकानी जस्ताको त्यस्तै:
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

‘स्कुलमा साली भेना, तलव आधा आधा लेना देना’

प्रेम सुनार
गुल्मी । प्रधानध्यापक भेना भन्छन्–‘ मैले मात्रै त्यसो गर्न कहाँ सक्छु र ? उनि त मेरो आफ्नै साली हुन् । ’ अनि राहत शिक्षिका रहेकी साली भन्छिन –‘खै के भनुँ कुरा खोल्यो भने भेना रिसाउनु होला भन्ने डर नभनुँ भने यत्रो वर्ष सम्म पुरै तलव बुझेको मैले साईन मात्रै गर्छु तलव भने सधै आधा बुझ्छु, त्यो पनि दशैं देखि यता त एक पैसा बुझेकी छैन् ।’ उता कतिपय छिमेकी यस्तो ब्याङ्ग गर्छन्–‘ च्यानडाँडा स्कुलमा साली भेना, तलव आधा लेना आधा देना ।’
   यो ब्याङ्ग मात्रै होईन्  गुल्मीको दर्लिङ्गस्थित एक विद्यालयको यथार्थ हो । च्यानडाँडा निम्न माध्यामिक विद्यालय दर्लिङ्ग ४ च्यानडाँडाका प्रधानध्यापक भरत केसीले २०६४ सालमा राहत शिक्षक कोटामा आफ्नै साली रमा घर्तिलाई नियुक्त गरेपछि अहिले ६ वर्ष सम्म उनको गरिवी र मजवुरीको फाईदा उठाउँदै श्रम शोषण गर्दै आएका छन् । तलव उनले निकासी गरेर ल्याउछन् र पुरै तलव वुझेको साली रमालाई साईन गराउँछन् र आधा तलव मात्रै दिन्छन् । आधा तलव अर्की वाल शिक्षामा रहेकी दिलमाया थापालाई खुवाउने गरेको उनको दावि छ ।
    किन त्यसो गर्नु भो त ? यस सम्वन्धमा केसीले  नियुक्ती दिनु पुर्व कै सहमति अनुसार त्यसो गरिएको बताए । प्रअले पहिल्लै देखि  साली रमा र अर्की महिला पनि  उनैकी आफन्त दिलमाया थापालाई निजी श्रोतमा राख्दै आई रहेका थिए । उनले भने–‘ नियुक्त गर्ने वेलामा कसलाई राख्ने कसलाई निकाल्ने ? बढो अफ्ठ्यारो अवस्था आई प¥यो  त्यस पछि आधा–आधा तलव बाँडेर खुवाउने सहमति गरियो र रमालाई निुयुक्त गरिएको ।’
     विद्यालय ब्यवस्थापन समितिका केहि सदस्य र अन्य सर्व साधरणले प्रअले कसैलाई नटेरी एकलौटी ढंगबाट विद्यालय चलाउन खोजेपछि यस्तो स्थित आएको बताउँछन् । उनले विद्यालयलाई आफ्नो विर्ता ठान्ने र मनपरी ढंगसंग दुवै आफन्तको मन राख्न खोज्दा यस्तो शिक्षा नियमावली कै धज्जी उडाउने काम हुन पुगेको स्थानिय अगुवा समाज सेवीहरुको बुझाई छ । तर प्रअ केसीले आफुले मात्रै त्यस्तो एकलौटी ढंगले विद्यालय चलाउन नखोजेको बताए । ‘विद्यालय श्रोतको समस्याले गर्दा ब्यवस्थापन समिति, स्थानिय बुद्धिजिवी सवैको सहमतिमा तलव बाँडेर खुवाउने सहमति गरिएको हो’– उनले भने –‘मैले मात्रै त्यसो गर्नु कहाँ सक्छु ? त्यो गलत हो ।’
   उनले सञ्चार माध्यमा समेत कुरो पुराएको भन्दै साली रमालाई अवसरवादीको संज्ञा दिए । भने –‘उति बेला परिक्षामा बाहिरी सकेकी मान्छेलाई त्यस्तो सर्त गराएर भए पनि नियुक्ति गराईयो अहिले औला दिदा डुढिल्नो निल्ने अवसरवादी रै’छन् । ’ त्यसो भए रमा भन्दा अरु नै परिक्षामा उतिर्ण भएको भए किन त्यसरी उनलाई नियुक्ति दिईयो त ? भन्ने प्रश्नमा उनले भने–‘के गर्ने दुवैले सुरु देखि पढाएको भएर त्यसो गरिएको हो , अहिले यस्तो विवाद निकालिदै छ ।’
साली रमाले भने भेना कै कारणले गर्दा आफु यति लामो समय सम्म आधा तलवमा बस्नु परेको गुनासो गरिन् । ‘जिल्ला प्रशासन कार्यलयमा त्यस विरुद्ध उजुरी दिएँ ’–रमाले भनिन् –‘ प्रशासनले शिक्षामा पठायो र उसले विद्यालयलाई नियम अनुसार गर्नु भनेर पत्र पठायो तर पनि अहिले सम्म वास्ता गरिएको छैन् । ’ म मात्रै त वोल्दीन, भेनाको कुरा पनि राख्ने भए बोल्छु ’–उनले भनिन्–‘ नत्र किन भेनालाई पिरौं, अन्याय त भएको छ र पनि डर लाग्छ । ’ उनलाई यो कुरा बाहिर पुराएकोमा प्रअले जागिरै खाई दिने भन्दै धम्काएको एक जिल्ला स्तरिय नेताले समेत बताए ।
यस सम्वन्धमा जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले कार्यालयमा ति शिक्षिकाले पुरै तलव खान पाउँ भनि उजुरी दिएको र एक महिना भित्रमा नियम अनुसार तलव खुवाउनु भनि पत्र पठाएको  बताए । ‘हामीले पत्र पठाई सकेका छौ, त्यसो गर्न पाईदैन्’– अर्यालले भने–‘उनिलाई शोषण हुनै दिदैनौं ।’  शिक्षिका रमा भने भेना प्र.अ.ले कुनै न कुनै वाहानमा जागिर खाई दिने वा अन्यत्र सरुवा गर्ने डरमा छन् । प्रअ केसीले जिल्ला शिक्षा अधिकारीलाई समेत टेर्न नखोज्ने र उनि भन्दा तलकालाई त झन मान्छे नै नगनेर खिस्याउने गरेको श्रोतले बतायो ।

छोराहरुले कमाए, बुढेसकालमा सुगम ठाउँमा बसाँई सर्दा पनि छैन मन खुशी (अडियो रिपोर्ट)

Published on: // ,
छोरा शहरमा जगिरे भयो कि उतैकी केटीमा आँखा गाड्छ । उतै घर घडेरी किनेर बस्न सुरु  गर्छ । अहिले त झन छोरो विदेश पठायो कि अव उ शहर पस्यो भनेर जाने हुने भएको छ । मानिसहरु स्वभाविकै रुपले सुख भोगी हुन्छ तर आफ्नो जन्मेको ठाउमैं  सम्भव भए सम्मका त्यस्ता सुविधा उपयोग गरौं र जन्मेको ठाउँ नछोडौ भन्ने सोचको विकास हुन सकेन ।

विशेष गरी विकट गाउँका मानिसहरु तराई पस्न थालेको धेरै भई सक्यो । हुन त राज्यले दिने सुविधाको कुरा गर्ने हो भन्ने न सरुन पनि कसरी ? जवकी विकट गाविस दर्लिङ्गकै कुरा गरौं त्यहाँको पाटाखर्क र दुनाम गाउँका मानिसहरु गविस कार्यलय, स्वस्थ्य चौकीको सुविधा लिन र माध्यमिक तहको शिक्षा हाँसिल गर्नका लागि अढाई घण्टाको उकाले ओरालो धाउन बाध्य छन् ।
त्यस्ता गाउँका मानिसहरुले केहि रकम कमाए वा घर जग्गा बेच्न सके भने वसाईसराई गर्नु बाध्यता पनि हो । त्यस्तो बाध्यताले मंगलवारदेखि तराईतिर बसाई सराई गर्न हिडेका दर्लिङ्गका एक परिवार सदरमुकाम तम्घास आई पुगेका थिए । उनिहरुका छोराहरुको चेहरामा खासै निरासा थिएन तर उनिहरुका सैतै फुलेका बृद्ध आमा बाबुको चेहरामा भने अत्यन्तै निरासा र मनमा पिडा भएको प्रष्ट देख्न सकिन्थ्यो टुक्रुुक्क भुईमा बसेका उनिहरु गालामा हात लगाएर खै के के सोचेका थिए ? बुढा मान्छे जसो तसो बोल्न सक्नु भएको थियो तर उहाँकी धर्म पत्नीको वोल्दा बोल्दै गला अवरुद्ध हुने अवस्था थियो । प्रस्तुत छ कस्तो छ त उनिहरुमा  जन्मे ठाउँ छाडेर बसाई सराई गर्नुको पिडा ? सुनौ स्थलगत रेडियो रिर्पोट सहकर्मी प्रेम सुनारबाट:

मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

गुल्मीमा ईलाका स्तरिय गोष्ठी सुरु

Published on: //
प्रेम सुनार
गुल्मी, १२ माघ । आगमी वर्षको विकास निर्माण र कार्यक्रम विनियोजन गर्नका लागि जिल्ला विकास समितिले आज देखि जिल्लाका तिन वटै क्षेत्रबाट ईलाका स्तरिय तर्जुमा गोष्ठी सुरु गरेको छ । आज क्षेत्र १ को अर्लाङ्गकोट,  २ को पराल्मी र रुरु, ३ को हवाङ्गदी सहित ४ वटा ईलाकामा गोष्ठी सुरु गरेको हो ।
‘तिन वटा गोष्ठीहरुअहिले साँझ सम्म सम्पन्न भएको जानकारी आएको छ–‘ स्थानिय विकास अधिकारी प्रसाद ज्ञवालीले भने –‘हवाङ्गदीमा मोवाईल सम्पर्क हुन नसक्दा के भयो भन्ने जानकारी पाईएको छैन् ।’ 
उनले भोली फेरी चार वटा ईलाकामा गरिने बताए । ईलाका स्तरबाट प्राथामिकतामा परेका विकास निर्माण र अन्य कार्यक्रमहरुका लागि जिल्ला विकास समितिले रकम विनियोजन गर्ने गर्दछ । 
 ईलाका स्तरिय गोष्ठी सम्पन्न गर्न जिल्ला विकास समितिका योजना अधिकृत बाबुराम पल्ली, कार्यक्रम अधिकृतहरु शंकर गौतम , विनोद मरासीनी लगायतका अधिकृत, अन्य कर्मचारी र राजनैतिक दलका नेताहरु पुगेका छन् ।

सहकारीमा सचिव पदका लागि चुनाव लडालड

Published on: // ,
प्रेम सुनार
गुल्मी, १२ माघ । गुल्मी जिल्लाका सहकारी संस्थाहरुको ईतिहाँसमा दोश्रो पटक पदका लागि सहमति जुट्न नसके पछि चुनाव गरिएको छ । यसरी दोश्रो पटक एक पदका लागि मतदान गराउनु परेको हो गुल्मी युनाईटेड वचत तथा सहकारी संस्था लिमिटेड तम्घासले । त्यो पनि साधरण सभा सम्पन्न भएको झण्डै एक महिना पछि सचिव पदका लागि शनिवार दुई उमेदवार विच  मतदान गराईएको हो ।
अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पुस गते सम्पन्न सो संस्थाको छैंठौं साधरण सभाले सर्व सम्मत निर्वाचित गरे पनि सचिव पदका लागि गुणानिधी पाण्डे र पदमप्रसाद पाण्डे दुवैले दावी नछाडो पछि शेयर सदस्य विच मतदान गराउन परेको मतदान अधिकृत भिम न्यौपानेले जानकारी दिए । उनका अनुसार शेयर सदस्यबाट खसेको ७० प्रतिशत मत मध्ये गुणानिधीले २ सय ६१ मत ल्याएर सचिव पदमा विजयी भएका छन भने उनका प्रतिद्धन्द्धी पदमप्रसादले १ सय ३३ मत ल्याई हार बेहोरेका छन् । संयोग ति दुवै प्रतिद्धन्द्धी रेसुङ्गा बहुमुखी क्याम्पसका प्राध्यापकहरु हुन् ।
  अध्यक्षमा भने राजकुमार श्रेष्ठ  उति बेलै सर्व सम्मत चुनिएका हुन् । त्यस्तै उपाध्यक्षमा श्यामकुमार पाण्डे, कोषाध्यक्षमा एमकला मरासीनी सर्व सम्मत चयन भएका थिए ।  सदस्यहरुमा युवाराज पाण्डे, नारायण बराल, गोपाल थापा, सिता आर्चाय, कृष्ण वेलवासे, मोती मरासीनी, झविन्द्र बिश्वकर्मा, रामप्रसाद पन्थी र ज्ञानराज मरासीनी सर्व सम्मत चयान भएका थिए ।
   ६ वर्ष अघि विस–पच्चीस हजार रुपैयाँ संकलनबाट सुरु भएको यो् संस्थाले अहिले १५ करोड भन्दा बढिको कारोवार गर्न थालेको छ । सो रकम आन्तरिक ऋण प्रवाह गरी शेयर सदस्यको ब्यापार ब्यवसाय बढाउने काम भएको नव निर्वाचित अध्यक्ष श्रेण्ठले बताए । निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पाण्डेले ६ वर्ष सम्म दुई कार्यकाल पुरा गरी साथीहरुलाई नेतृत्व सुम्पेको बताइएको् छ । गुल्मीली सहकारी संस्थाको ईतिहाँसमा यस अघि पहिलो पटक लेकाली बहुउद्देस्य सहकारी संस्था तम्घास कै साधरण सभामा अध्यक्ष पदका लागि चुनाव भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग