Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतीय सुरक्षाकर्मी नेपालमा पक्राउ

Published on 8:24:00 AM //


भारतीय सीमा सुरक्षा बल (एसएसबी) का ६ जना ९ चैतमा इलामको पशुपतिनगरमा पक्राउ परेका छन् ।

नेपाल भारत सीमा क्षेत्र मानेभञ्ज्याङ हुँदै पशुपतिनगर आएका उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपति नगरले पक्राउ गरेको हो ।

एसएसबीका ६ जना हतियारसहित नेपाल प्रवेश गरेकाले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले बताए । उनीहरुको नाम र दर्जा भने सार्वंजनिक गरिएको छैन भने नेपाल आउनुको कारण पनि खोलिएको छैन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग