Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपभोक्तहरुद्धारा विद्युत कार्यालयमा तालावन्दी

Published on 12:42:00 PM //


पि.एम.मगर
गुल्मी, फागुन २२ गते – नियमित विद्युत आपुर्ति तथा साधारण सभा लगायतका माग राख्दै उपभोक्ताहरुले सामुदायिक विद्युतीकरण उपभोक्ता समिति बलिथुम गुल्मीको कार्यालयमा अनिश्चितकालीन तालावन्दी गरेका छन् ।
बलिथुम गाविस वार्ड नं. ६ र ७ का उपभोक्ताहरुले विद्युत आपुर्ति नियमित हुनुपर्ने, समितिको साधारण सभा तत्काल हुनुपर्ने, मासिक आयव्यय सार्वजनिकको व्यवस्था हुनुपर्ने, विद्युतका प्राविधिक समस्या तत्काल समाधान हुनुपर्ने लगायतका माग राख्दै आज कार्यालयमा तालावन्दी गरेका हुन् । एकातिर वत्ती वलिरहँदा आफुहरु अध्याँरोमा वस्न वाध्य भएको साथै विग्रिएका विद्युतका मिटर वक्सहरु मर्मतका लागि संस्थाले कुनै चासो नदिएको उनीहरुले वताएका छन् ।
मिटर वक्स विग्रदा संस्थालाई नै घाटा हुने भन्दै यसतर्फ ध्यान दिन समेत उनीहरुले समितिलाई आग्रह गरेका छन् । अहिले समितिका पदाधिकारीहरुसँग उपभोक्ताहरुको मागका विषयमा अनौपचारिक कुराकानी भईरहेको जिवलाल माचकोटीले वताउनुभयो । उपभोक्ताहरुले आफुहरुको माग पुरा नहुँदासम्म तालावन्दी फिर्ता नलिने वताएका छन् । गुल्मी विरवासमा रहेको सव स्टेशनवाटै विद्युत आपुर्तिमा नियमित नभएपछि गुल्मी बलिथुम गाविसका मात्र नभई पराल्मी, वडागाउँ, हस्तिचौर लगायतका क्षेत्रका उपभोक्ताहरु प्रत्यक्ष समस्यामा परेका छन् ।
यसअघि पनि विद्युत नियमितताको माग राख्दै सदरमुकाम तमघास तथा आसपासका उपभोक्ताहरुले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारी विच झडप समेत भएको थियो भने प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका थिए । आन्दोलनमा केही प्रहरी तथा स्थानीय घाईते भएका थिए । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालयवाट आएको एक टोलीसँग गुल्मी जिल्लालाई लोडसेडिङ्गमुक्त जिल्ला घोषणा गरिसकिएको र त्यसको पुर्ण कार्यान्वयन गर्ने सहमति भएपछि आन्दोलन रोकिएको थियो । यस्तै केही दिन अघि विरवास गाविसका उपभोक्तहरुले पनि विरवासको सव स्टेशनमा तालावन्दी गरिदिएका थिए । विरवासमा विद्युत नियमित गर्ने सहमतिपछि ताला खोलिएको उपभोक्ताहरुले वताएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग