Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपालका विनोद चौधरी विश्वका सर्वाधिक धनीहरुको सूचिमा

Published on 1:01:00 PM //


२१ फागुन, काठमाडौं । अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचीमा नेपाली उद्योगी विनोद चौधरी पनि परेका छन । नेपालसहित एशियाली देशहरुमा लगानी गरि पहिलो मल्टिनेशनल नेपाली ब्यापारी बनेका चौधरी नेपालको पहिलो अर्बपति भएको पत्रिकाले दावी गरेको छ ।
फोर्ब्सले तयार पारको १ हजार ४ सय २६ जनाको सूचीमा चौधरी पनि परेका छन् । १ अर्ब डलर सम्पत्ति (करिव ८७ अर्ब रुपैयाँ) का मालिक ५७ वर्षीय चौधरी १ हजार ३ सय ४२ औं नम्बरमा छन् ।

फोर्ब्सले बिनोदको सिनोभेसन र चौधरी ग्रुपले नेपालको लोकप्रियय चाउचाउ वाईवाई संचालन गरेको, नविल वैंकको मुख्य सेयर होल्डर रहेको र ताज ग्रुपसँग मिलेर तारे होटलहरु संचालन गरिरहेको उल्लेख गरेको छ । बिनोदका हजुरबुबा भारतको राजस्तानबाट नेपाल आएर कपडा ब्यापार थालेको, मुलुकमै पहिलोपटक डिर्पाटमेन्ट स्टोर खोलेको र बिनोदले १८ बर्षको उमेर कलेज छाडेर ब्यापारमा लागेको फोर्ब्सले उल्लेख गरेको छ ।

बिनोदले हालै आफ्नो ब्यबसायीक जीवनबारे नेपाली भाषामा पुस्तक प्रकाशन गरेका छन् । नेपालको कानुनले नेपाल बाहिर लगानी गर्न नदिए पनि आफुले कसरी भारत, सिंगापुर, श्रीलंका, माल्दिभ्स लगायतका मुलुकमा ब्यापार विस्तार गरेँ भन्नेबारे उनले विस्तृतमा उल्लेख गरेका छन ।

फोर्ब्सको अर्बपतिहरुको सूचीमा सबैभन्दा धेरै अमेरिकाका ४ सय ४२ जना छन् भने यूरोपका ३ सय ६६, एसियाका ३ सय ८६ रहेका छन् । ७३ अर्ब डलर सम्पत्ति रहेका मेक्सिकोका कालोस सिल्म हेलु लगातार चौथो वर्ष पहिलो नम्बरमा छन् भने अमेरिकी विल गेट्स ६७ अर्ब डलरका साथमा दोस्रो स्थानमा छन् । यस्तै २३ विलयन डलरका सम्पत्ति भएका गुगलका मालिक ल्यारी २० औं नम्बरमा परेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग