Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाँसका सामाग्री बनाउने तालिम सुरु

Published on 11:00:00 PM //

गाउँ परिषदवाट विनियोजित रकमवाट गुल्मीको घमिर गाविसको पुरानकोटमा अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत वाँसका सामाग्री निर्माण गर्ने तालिम आजदेखि शुरु भएको छ । एक महिनासम्म चल्ने उक्त तालिममा वाँसवाट निर्माण गरिने विभिन्न घरेलु सामाग्रीहरुको निर्माण सम्वन्धी तालिम दिईने वताईएको छ । घमिर गाविसका सम्पुर्ण आंशिक अपाङ्गहरुलाई एकीकृत गरी उक्त तालिम दिन थालिएको हो । घामिर गाविसको गाउँ परिषदवाट विनियोजित ६० हजार रकमवाट उक्त तालिम सञ्चालन गरिएको कार्यक्रमका प्रमुख अतिथि घमिर गाविस सचिव राजु शर्माले वताउनुभयो । यसरी अपाङ्गता भएका व्याक्तिहरुले सीप तथा व्यवसायमुलक तालिम लिएपछि आफु व्यवसायी वन्न सक्ने सहभागीहरुले वताएका छन् । तालिमको सहजीकरण गोपाल विश्वकर्माले गरिरहनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग