Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक घर र दुई गोठमा आगलागी

Published on 11:07:00 PM //

पि.एम. मगर
गुल्मी, चैत ८ । गुल्मीको सिर्सेनी गाविसमा एक व्याक्तिको घरमा आगलागी भएको छ । सिर्सेनी गाविस वार्ड नं. २ निवासी महेन्द्रध्वज जिसीको तीन तले घरमा आगलागी भएको हो । आज दिउँसो सवा १ वजेतिर लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा करिव १ घण्टापछि नियन्त्रणमा आएको थियो । पुर्व संसद समेत रहनुभएका जिसी अहिले सम्पुर्ण परिवार सहित तराईतिर वस्दै आउनुभएसँगै घर पनि जिर्ण वन्दै आएको र घरमा केही पनि समानहरु नभएको अवस्थामा आज एक्कासी आगोलागी भएको स्थानीयले वताएका छन् । आगलागीको कारण भने खुलिनसकेको र अनुसन्धान जारी रहेको सिमलटारी प्रहरी चौकी इन्चार्ज कृष्णवहादुर नेपालीले जानकारी दिनुभयो । आगलागीवाट भुई तलाको झ्याल ढोका, लगायतका काठहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
त्यस्तै गुल्मीको अमरअर्वाथोक गाविसमा आज दुई व्याक्तिको गोठमा आगलागी भएको छ । आगलागीवाट झण्डै डेढ लाख वरावरको क्षति भएको प्रहरीले जनाएको छ । गाविसको वार्ड नं. २ छेर्दी भन्ने स्थानमा कमल श्रेष्ठ र कृष्ण श्रेष्ठको दुई छुट्टाछुट्टै गोठमा आगलागी भएको हो । आगलागीवाट गोठ जलेर पुर्ण रुपमा नष्ट हुनुका साथै गोठमा रहेका घाँसपात, काठ, दाउँरा सवै जलेको छ । आज अपरान्ह ४ वजेतिर लागेको आगो स्थानीयवासी र अस्थायी प्रहरी चौकी खज्र्याङ्गको प्रयासमा करिव आधा घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । आगलागीवाट मानवीय तथा पशु चौँपायाँको क्षति भने भएको छैन । गोठवाट सुरक्षित स्थानतर्फ सार्ने क्रममा पल्टिएर एउटा भैँसीको भने खुट्टा भाँचिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग