Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शाइन र रेसुङ्गा गाभिएर ‘शाइन रेसुङ्गा विकास बैंक’ बने

Published on 9:02:00 AM //


३ चैत, गुल्मी । बुटवल रुपन्देहीको शाइन विकास बैंक र तम्घास गुल्मीको रेसुङ्गा विकास बैंकवीच मर्ज भएको छ । मर्जपछि बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडमा परिवर्तन भएको छ । यी दुवै बैंकले संयुक्त कारोवार समेत सुरु गरेका छन् । मर्जपछि बैंकको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुगेको छ ।
मर्ज अघि शाइनको चुक्ता पुँजी २३ करोड ४० लाख रुपैयाँ थियो भने रेसुङ्गाको चुक्ता पुँजी सात करोड ३८ लाख रुपैयाँ थियो । मर्ज अघि शाइनको प्रतिकित्ता २९७ रुपैयाँमा कारोवार भएको थियो भने रेसुङ्गको सेयर प्रतिकित्ता १२६ रुपैयाँमा कारोवार भएको थियो । मर्ज प्रक्रियामा गएपछि दुवै कम्पनीको सेयर कारोवार  असोजदेखि रोकिएको छ । मर्जपछि बैंकको प्रधान कार्यालय भने तम्घास गुल्मीमा रहनेछ ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग