Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मतदाता शिक्षामा ‘कटुवाल ’

Published on 9:07:00 AM //


विष्णु पौडेल
गुल्मी, ३ चैत । आमसञ्चारमाध्ययमको आगमनपछि फुर्सदिला बनेका कटुवालहरू पुनः व्यस्त हुने भएका छन् । कुनै समय सूचना प्रवाहको भरपर्दो माध्यम बनेका ‘कटुवाल’लाई मतदाता शिक्षाका लागि खटाइने भएपछि पुनः व्यस्त हुने भएका हुन् । सन्देशबाहकको रूपमा लिइने कटुवालको अस्तित्व संकटमा पर्न थालेका बेला गुल्मीबाट यसरी कटुवाललाई मतदाता शिक्षामा परिचालन गर्न लागिएको हो । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार गठन भएपछि जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको छ । चैत पहिलो साताबाट सुरु हुने मतदाता शिक्षा कार्यक्रममा निर्वाचन शिक्षा कार्यकर्तासँगै कटुवाल पनि खटाइने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

मतदाताहरूलाई शिक्षित बनाउन पत्रपत्रिका, एफएम रेडियोलगायतका सञ्चारमाध्यमबाट विभिन्न सामग्री प्रकाशन-प्रसारण गरिए पनि ग्रामीण क्षेत्रमा सूचना प्रवाहमा कटुवाल नै उपयुक्त हुने भएकाले उनीहरूलाई परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी डिल्लीराज बेल्वासेले बताए । ‘गुल्मीका अधिकांश ग्रामीण क्षेत्रमा सूचना फैलाउने राम्रो माध्यम कटुवाल रहेछन्,’ बेल्वासेले भने, ‘पत्रपत्रिका तथा रेडियोको पहुँच नपुग्ने ठाउँमा कुटवालले राम्रोसँग सूचना पु¥याउन सक्ने लागेर कटुवाललाई परिचान गर्न लागेका हौं ।’ मतदान अधिकारको महŒव सर्वसाधारणलाई बुझाई मतदान अधिकार सुनिश्चितता गर्न कटुवालहरूले भूमिका खेल्नेछन् ।

२०६४ सालमा संविधानसभा निर्वाचन भए पनि संविधान बन्न नसक्दा मतदाताहरू निरास भएका छन् । दोस्रो पटक हुने संविधानसभाको निर्वाचनले पनि संविधान बनाउने सुनिश्चित नभएको भन्दै कतिपय मतदाताहरू निर्वाचनमा सहभागी नहुने बताउँछन् । यस्तो निरासपूर्ण अवस्थामा रहेका मतदातालाई विभिन्न प्रकारका उत्प्रेरणाजन्य क्रियाकलाप सञ्चालन गरी मतअधिकार प्रयोग गर्न आग्रह गरिने बेल्वासेले बताए । उनले यसरी निरास बनेका मतदातालाई टोल–टोलमै पुगेर निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिने बताए । त्यसका लागि निर्वाचन कार्यालयले प्रत्येक गाविसमा एकजना निर्वाचन शिक्षा कार्यकर्ताको व्यवस्था गरेको छ । निर्वाचन शिक्षकको एक्लो प्रयासले मात्रै मतदातालाई शिक्षित बनाउन सम्भव नभएकाले यसमा सबैले सहयोग गर्न निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग