Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सत्तामा लुम्बिनीको अनौठो संयोग

Published on 4:59:00 PM //


काठमाडौं, १ चैत
राज्य संयन्त्रमा अहिले लुम्बिनी अञ्चलका अधिकारीको अनौठो वर्चस्व बनेको छ । मन्त्रिपरिषद्का तीनै सदस्य लुम्बिनीका हुन् भने प्रशासनिक तथा सुरक्षा निकायका उच्चपदस्थ पनि धेरै त्यतैका छन् ।
मन्त्रिपरिषद् अध्यक्ष (प्रधानन्यायाधीश पनि) खिलराज रेग्मी र गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे दुवै पाल्पानिवासी हुन् । मन्त्रिपरिषद्का तेस्रा सदस्य तथा कानुनमन्त्री हरि न्यौपाने र मुख्यसचिव लीलामणि पौडेल गुल्मीका हुन् ।
नेपाल प्रहरीका आइजिपी कुवेरसिंह राना पाल्पाका हुन् । गृहमन्त्री घिमिरे र आइजिपी राना नजिकका साथी पनि हुन् । घिमिरे सुरुमा नेपाल प्रहरीको इन्स्पेक्टरबाट सरकारी सेवामा प्रवेश गरेका थिए । घिमिरे र राना इन्स्पेक्टरमा प्रवेश गर्दाका ब्याची साथी हुन् । घिमिरे पछि इन्स्पेक्टर छोडेर निजामती सेवाको अधिकृतमा प्रवेश गरी मुख्यसचिवबाट बिदा भएका हुन् ।
बहालवाला सचिवहरू मध्ये उद्योगसचिव कृष्ण ज्ञवाली पनि गुल्मीकै हुन् । यस्तै, रक्षासचिव तिलकराम शर्माको पुख्र्यौली थलो गुल्मी हो । राष्ट्रिय योजना आयोगका सचिव युवराज भुसाल पनि गुल्मीकै हुन् ।
पर्यटनसचिव सुशील घिमिरे अर्घाखाँचीनिवासी हुन् । यस्तै, गरिबी निवारण कोषका उपाध्यक्ष तथा पूर्वसचिव युवराज पाण्डे पनि अर्घाखाँचीका हुन् ।
- नयाँ पत्रीकाबाट

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग