Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

को हुन अहिले कानुन, न्याय तथा संसदिय मामिला मन्त्री बनेका गुल्मीका हरी न्यौपाने?

Published on 4:40:00 PM //

गाउँमा पण्डित्याँई देखि देशको मन्त्रीसम्म न्यौपाने
प्रेम सुनार
विहिबार देशको कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला र श्रम तथा रोजगार मन्त्री भएका हरिप्रसाद न्यौपानेको परिवार जोहाङ्ग गुल्मीमा पण्डित परिवारका रुपमा चिनिन्छन् । उनका बाबु रविलाल न्यौपाने त्यस क्षेत्रकै बिद्वान र प्रख्यात पण्डित थिए । उनको मृत्यु भए पनि उनिहरुको घर अरुको नामले चिनिन्न रविलाल पण्डितको घर कहाँ हो ? भनेर सोध्नु पर्छ ।
जोहाङ गाविस वडा नम्वर ७ माझगाउँमा २००८ साल भाद्र ४ गते बुधबार जन्मीएका न्यौपानेको संयोग मन्त्रीमा नाम सिफरिस पनि बुधवार नै भएकोमा आमा तेमकुमारी त्यो बार आफ्ना छोराका लागि फापेको बताईन् । राईला छोरा कालिदासंग जोहाङ्गमा बसेकी तेमकुमारी छोरा मन्त्री हुँदाको खुशीमा भने घरमा एक्लै थिईन् ।
कालिदाश बुटवल गएका छन् मन्त्री भएपछि बुहारीले फोन गरिन म त खुशीले अक्क न बक्क भएँ भन्दै उनले गला अबरुद्ध पारिन् । ‘अझै माथी माथी पुगुन मेरा छोराहरु र जय होस तपाईहरु र गुल्मेली जनताको किनकी मेरा छोरालाई माथी माथी पुर्‍याएका गुल्मेली जनताले नै हुन’ तेमकुमारीले भनिन् ।
यस खुशीमा गत वर्षकै पुष २७ गते मृत्यु भएका श्रीमानलाई सम्झीँदै भनिन् ‘आज छोरो मन्त्री भएको खवर सुन्दा उहाँ भई दिएको भए अझ कति जाती हुन्थ्यो । ’म मात्रै होईन पुरै गाउँ रमाएको छ उनले भनिन् ‘सबैले जाती मानेछन् मेरो बाबुलाई उनिहरुको पनि जय होस् । ’ न्यौपाने बाबुको प्रभावले बाल्यकालदेखि संस्कृति विद्या अध्यान र पण्डित्याईँ गर्ने गरेको स्थानिय शिक्षक केशवराज आचर्यले बताए । ‘बाबु रविलाल यस क्षैत्रकै चर्चित पण्डित हुनुहुन्थ्यो शिक्षक आचर्यले भने ‘उहाँले पनि बाल्यपनमा पण्डित्याँई गर्नुभयो ।’
‘स्वतन्त्र ब्यक्तिहरुको मन्त्री परिषद बन्ने चर्चा चलेपछि उहाँ जस्तो ईमान्दार कर्तब्य निष्ठ ब्यक्ति मन्त्री बन्नु हुन्छ होला भन्ने चर्चा थियो गाउँमा नभन्दै त्यस्तै भयो’ उनले भने ।
मध्यम वर्गिय परिवारमा जन्मीएका न्यौपानेले निमावि तहसम्मको शिक्षा सरस्वती उच्च मावि जोहाङ्गबाट लिएका थिए भने मावि तहको शिक्षा जनसहयोग मावि भार्सेबाट लिएर क्याम्पस अध्ययनका लागि काठमाण्डौ गएका थिए ।
२०३१ सालमा त्रिभुवन विश्व विद्याल किर्तिपुरको प्रशासनिक फाँटबाट जागिरे जिवन सुरु गरेका न्यौपाने २०३३ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए । त्यस मन्त्रालयको सचिवमा अवकाश लिएका उनी कानुन सुधार आयोगको उपाध्यक्ष भएका थिए । त्यस पदबाट पनि अवकास लिएर बसेका उनलाई स्वच्छ छविका ब्यक्तिहरुको मन्त्री परिषद बन्ने हल्ला चलेदेखि नै परिवारजन उनि मन्त्री हुन्छन् की भन्ने कुरामा आशावादी थिए । एमए, विएल, विएड र विएस्सी सम्मको अध्यान गरेका न्यौपाने जागिरे जिवनमा थुप्रै जोहाङ्गवासीलाई गुन लगाएको स्थानियबासीले बताए । त्यहाँको शैक्षिक विकास उनको पनि योगदान छ सरस्वती उच्च माविका शिक्षक आचर्यले भने । उनि पण्डीत रविलालका सात भाई छोरा र एक छोरी मध्ये माईला छोरा हुन । दाजु हेमलाल न्यौपाने पाटन बहुमुखी क्याम्पसका प्राध्यपक रहेका बेला २०५२ सालमा काठमाण्डौ मै सडक दुर्घटनामा परी मृत्यु भएका थियो । भाई भानुभक्त न्यौपानको पनि शिक्षक पेशाका क्रममा मृत्यु भएको थियो । माईला भाई कालिादास न्यौपाने बुटवलमा र अर्का भाई तारा काठमाण्डौमा ब्यापार ब्यबसाय गर्ने गर्दछन् भने अर्का भाई गोकुल लण्डनमा छन् ।
एक मात्र बहिनी सरस्वतीको पाल्पा अर्गेलिमा विवाह भएको छ । श्रीमती निमकला सहित एक छोरा र एक छोरीका बाबु न्यौपाने हाल काठमाण्डौ घट्टेकुलोमा बसोबास गर्दछन् तर यता पुख्र्यौली घरमा उनि आईरहने परिवारजनले बताए ।
गोरखा दक्षिण बाहु दोश्रो र तेश्रोले सम्मानित उनि अस्ट्रेलिया, लण्डन अमेरिका लगाएतका मुलुक भ्रमण गरी सकेको उनका राईला भाई कालिदाश न्यौपानेले बताए ।‘ म बुटवल शंकरनगरमा छु’ उनले भने ‘दाजु मन्त्री भएको खवरले हर्ष विभोर छौं । ‘उहाँ एक स्वच्छ छवि भएको, ईमान्दार निष्ठावान मान्छे हो त्यसैले पनि स्वच्छ छविका मानिसहरुको मन्त्री परषद बन्ने चर्चा चलेदेखि नै उहाँ मन्त्री हुनुहुन्छ भन्ने लागेको थियौ नभन्दै हुनुभयो’ उनले भने ।
उनि थप्छन दाजु र मेरो पुरै सम्पत्ति छ बेचेका छैनौ घर जहाँ बनाए पनि पुर्खेयौली सम्पत्ति बेच्न हुन्न भनेर रखेका छौँ । उनले त्यस खुशीमा घर एक्लै रहेकी आमालाई सम्झीदै भने ‘५-६ दिन भयो आमा एक्लै घरमा हुनुहुन्छ, जाउँ भन्दा मान्नु भएन । ’जोहाङ्गमा न्यौपाने परिवार पहिलेदेखि नै प्रतिष्ठीत र शिक्षित परिवारका रुपमा चिनिन्छन । न्यौपाने जोहाङ्ग गाविसबाट मन्त्री बन्ने पहिलो ब्यक्ति बनेका छन् ।

यता जोहाङ्ग हर्ष उल्लास

कानुन मन्त्रीको हैसियतबाट हरिप्रसाद न्यौपानले राष्ट्रपतिबाट शपथ लिए लगत्तै उनको घर जोहाङ्ग, गुल्मीमा हर्ष उल्लास छाएको छ । गाउँमा एक अर्कामा खुशी साट्ने क्रममा टोल-टोल, चौर-चौरमा मानिसहरुको भिड बढेका थियो । सरस्वती उच्च मावि जोहाङ्गले त आकस्मीक बैठक राखेर आफ्ना पुर्व विद्यार्थी न्यौपानेप्रति बधाई प्रस्ताव पास गरी संञ्चार माध्यममा बधाई एवं शुभकामना प्रकाशित गर्ने निर्णय नै गर्‍यो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बसन्त श्रेष्ठ भन्छन् जोहाङ्गबासीमा खुशीको सिमा छैन । यहाँका विध्यार्थी शिक्षक, अभिभावक जुटेर खुशी साटेका छौं । उहाँले प्रारम्भीक शिक्षा यसै विद्यालयबाट लिएकोले हामी गौरवान्नीत छौ प्राचार्य नरहरी खनालले भने यस सरस्वती उच्च माध्यमिक बिद्यालयले कखरा सिकाएको विद्यार्थी आज मन्त्री हुनु सानो कुरा होईन । मन्त्री हुनुहोला भनेर त सोचेकै थिएनौ । उता जनसहयोग मावि भार्सेमा पनि खुशियाली मनाईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग