Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्लड क्यान्सरका बिरामी रमेशले एस.एल.सी दिन पाएनन

Published on 7:25:00 AM //

अनिल खत्री
गुल्मी, चैत्र ३ । ब्लड क्यान्सरका बिरामी गुल्मी जिल्ला हस्तिचौर गा बि स वाड नं. ६ छल्दी टार घर भएका वर्ष १३ का रमेश घिमिरेले २०६९ चैत्र महिनामा संञ्चालन भइ रहेको एस.एल.सि परिक्षा दिन पाएनन । हस्तिीचौर गाबिस वाड नं.८ को पालुखा माध्यमिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत घिमिरे यती बेला कठमाडौको कान्ती बाल अस्पतालमा उपचार गराईरहेका छन । घिमिरेलाई सहयोग गरि आफनो बच्चाको ज्यान बचाइदिनु हुन उनका परिवार र आफन्तहरुले सबैमा अनुरोध समेत गरेका छन ।
ब्लड क्यान्सर भएर कठमाडौको कान्ती बाल अस्पतालमा उपचार गराइ रहेका रमेश घिमिरेलाइ उपचार गर्न ठुलो रकम लाग्ने भएकाले आफु संग त्यो रकम नहुदा उपचार गर्न आबश्यक सहयोगका लागी स्वदेश तथा बिदेशमा रहने सम्पुर्ण आफन्त जन तथा आम नेपाली दाजुभाइ, दिदिबहिनीहरुलाइ उनका बुवा राम बहादुर घिमिरेले अनुरोध गर्नु भएको छ । सहयोगको लागी काठमाडौमा रहेको रास्ट्रिय बाणिज्य बैँक माहाराजगञ्ज शाखामा रहेको बचत खाता नं. ३५२४७ मा सहयोग रकम जम्मा गरिदिनुहुन वा मोबाईल नं. ९८४७३५९५२९ मा सम्पर्क गर्नुहुन अनुरोध समेत गर्नु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग