Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्र बैंकका गभर्नर खतिवडा गुल्मीमा, कृषिमा क्षेत्र लागानि गर्नु पर्नेमा जोड

Published on 7:10:00 AM //


जनार्दन घिमिरे
गुल्मी ३ चैत । नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवाराज खतिवडाले वर्तमान अवस्थामा वैंकिङ्ग संस्थाहरु धेरै हुने र कारोवार सानो हुँदा लागत वढ्ने र जनातालाई सर्वसुलभ रुपमा पुँजि उपलव्ध गराउन नसक्ने अवस्थाको अन्त्य गर्न र जनातालाई वढी सेवा दिनका लागि नेपाल राष्ट्र बैंकले मर्जर निती अघि सारेको वताउनु भएको छ ।

आईतवार साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको एकिकृत कारोवारको समुद्घाटनका लागि आज पहिलो पटक गुल्मी आई पुग्नु भएका खतिवडाले गुल्मीको वलेटक्सारमा स्थानीयहरुसँगको भेटघाट कार्यक्रममा उक्त कुरा वताउनु भएको हो । उहाँले वित्तिय प्रणाली भित्र अपराधिक क्रियाकलापहरु अगाडि नवढोस् भनेर शुसानका कुरालाई अघि सारेको समेत वताउनु भयो । गर्भनर खतिवडाले कृषिमा क्षेत्र लागानि गर्नु पर्नेमा जोड दिँदै अरु क्षेत्रमा भन्दा व्यवसायीक कृषि क्षेत्रमा कम व्याजदरमा लागानि गर्न वैंकहरुलाई सुझाव दिनु भएको थियो ।

पहिलो पटक गुल्मी आई पुग्नु भएका गर्भरनरलाई स्थानीयवासीले भव्य रुपमा स्वागत गर्दै उनीहरुले ग्रामिण क्षेत्रको विकास निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । गुल्मीको वलेटक्सारमा पानीको अभाव भएको भन्दै त्यहाँका स्थानीय महिलाहरुले खानेपानीको लागि सहयोग गरिदिन गर्भर खतिवडासँग माग राखेका थिए ।

साँझ गुल्मीको सदरमुकाम तम्घास आई पुग्नु भएका गर्भनरलाई वैंकका संचालक तथा संस्थापक शेयर सदश्यहरु, प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्ले लगायत वैंकका शाखा प्रवन्धकहरुले स्वागत गर्नु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग