Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कर शिक्षा सम्वन्धि दुई दिने अन्तरकृया कार्यक्रम सम्पन्न

Published on 7:10:00 AM //


पि.एम.मगर
गुल्मी, चैत्र १२ – कर शिक्षा सम्बन्धी दुई दिने अन्तरकृयात्मक तालिम गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । गुल्मी उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजश्व विभाग कार्यालयको समन्वयमा सञ्चालित दुई दिने तालिममा भ्याट तथा कर प्रणाली, प्यान दर्ता एवं खारेजी, व्यवसायमा आउन सक्ने समस्या र यसको समाधानका विषयमा तालिम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै फर्म दर्ता, नविकरण, स्थायी लेखा नं. दर्ता, भ्याट दर्ता, खारेजी लगायतका विषयमा पनि तालिम दिईएको थियो । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको पहिलो दिनको तालिममा तालिमका विषयवस्तुमाथि कर अधिकृत धनिश्वर अर्यालले प्रकाश पार्नुभएको थियो । प्रमुख कर अधिकृत सुरेशकुमार रेग्मीले तालिमको सहजीकरण गर्नुभएको थियो भने सञ्चालन गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो । पहिलो दिनको तालिममा सदरमुकामका १ सय भन्दा वढी विभिन्न व्यवसायमा आवद्ध व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कबिन्द्र नेपाल । तस्बिर: कृष्ण प्रसाद पोख्रेल
त्यस्तै दोस्रो तथा अन्तिम दिनको अन्तरकृयात्मक तालिम प्रमुख कर अधिकृत सुरेशकुमार रेग्मीको अध्यक्षता तथा कर अधिकृत धनिश्वर अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेय, संघका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ लगायतले कर शिक्षाको महत्व र यसले व्यवसायीमा पु¥याउने योगदानका विषयमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्ले, कोष नियन्त्रक होमनाथ पौडेल, वरिष्ठ उद्योग अधिकृत कृष्णप्रसाद पोखरेल, गुल्मी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दराम भुसाल, निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।
दोस्रो दिन पनि जिल्लाका पत्रकार, सञ्चारकर्मी, लेखापरीक्षक, शैक्षिक संस्थाका लेखापाल, विभिन्न सरकारी कार्यालयका लेखापाल, सदरमुकामका व्यवसायीहरु गरी डेढ सय जनाको उपस्थिति रहेको थियो । तालिममा विशेष गरी फर्म दर्ता, नविकरण, स्थायी लेखा नं. दर्ता, भ्याट दर्ता, खारेजी लगायतका विषयहरुलाई समेटेर कर अधिकृत धनिश्वर अर्यालले कार्यपत्र प्रस्तुत गर्नुका साथै अन्तरकृयात्मक छलफल समेत भएको थियो । तालिमको समापन कार्यक्रममा आयोजक संस्था गुल्मी उद्योग वाणिज्य संघले प्रमुख कर अधिकृत सुरेशकुमार रेग्मी, कर अधिकृत धनिश्वर अर्याल लगायतका आन्तरिक राजश्व कार्यालयवाट आएको टोलीलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग