Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टेक्सासका नेपालीले दिए कानुन मन्त्री न्यौपानेलाई स्काईपबाट शुभकामना

Published on 10:32:00 AM //

खिलराज रेग्मी नेतृत्वको सरकारमा कानुन मन्त्रीको रुपमा नियुक्त हुनुभएका मन्त्री हरी प्रसाद न्यौपानेलाई अमेरिकाको टेक्सासमा रहेका नेपालीहरुले स्काईपबाट बधाइ तथा शुभकामना दिएका छन् । टेक्सासको हयुस्टनमा बस्दै आउनुभएकी मन्त्री न्यौपानेकी छोरी पुजा अर्यालको घरमा शनिबार सांझ करिब डेढ सयको संख्यामा जम्मा भएका नेपालीहरुले मन्त्री न्यौपानेलाई स्काईप मार्फत सफल तथा उपलब्धीमुलक कार्यकालको लागी शुभकामना तथा बधाई दिएका हुन् ।

बिगत १४ बर्ष देखी अमेरिका बस्दै आएकी मन्त्री न्यौपानेकी छोरीको घरमा जम्मा भएका नेपालीहरुले मन्त्री न्यौपानेलाई बधाई तथा शुभकामना दिए पश्चात स्काईपबाटै करिब २० मिनेट लामो सम्बोधन गर्नुभएका मन्त्री न्यौपानेले बर्तमान सरकार समयमै निर्बाचन सफल गर्नका लागी कटिबद्ध रहेको बताउनुभएको थियो । मन्त्री न्यौपानेलाई बधाई तथा शुभकामना दिन जम्मा भएका नेपालीहरुले देशमा शान्ती सुरक्षा कायम गर्दै सबैलाई समेटेर देशलाई अघी बढाउन सुझाव दिएका थिए ।
कार्यक्रममा जम्मा भएका नेपालीहरुले मन्त्री न्यापानेकी छोरी पुजा र ज्वाई दिपकलाई समेत बधाई दिदै नाचगान समेत गरेको कार्यक्रममा सहभागी श्रीकृष्ण गौतमले बताउनुभयो । -ह्वाईट हिमाल टेलिभिजनबाट 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग