Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाँच तारे होटलको कुक प्रतियोगितामा गुल्मीका पाण्डे सर्वोत्कृष्ट

Published on 9:23:00 PM //


२१ फागुन, अबुधावी । युएईमा भएको पाँच तारे  होटलको कुक प्रतियोगितामा आइतवार गुल्मी हर्मिचौरका एक युवा सर्बोत्कृष्ट भएका छन् । युएईमा भएको पाँच तारे होटलहरुको गल्फको खाना बनाउने प्रतियोगितामा विश्वकै चर्चित एटलान्टिक होटल दुबईको पाम जुमेरा होटेलमा कार्यरत गुल्मी हर्मीचौर-४, का भोलानाथ पाण्डेले सर्बोत्कृट भएका हुन् ।
 प्रतियोगिता अनुसार पहिलो परिकार १ घण्टामा ४ वटा पिलेटमा तयारी खानालाई कुनै पनि फरक छुट्टाउन नसकिने गरि सजाएर राखिने इमराती कुजिन बिरानी( माले बिरानी) थियो। दोश्रोमा बिफबाट अनेक किसिमका स्वादिष्ट परिकारहरु र तेश्रोमा कुखुरा र माछालाई काटेर हड्डी, काडा, छालालाई भिन्न गरि केवल मासु मात्र २० मिनटमा भाग भाग गरि गल्फ बुचुरी सेक्सनबाट सर्बौत्कृट भएका थिए ।

गल्फबाट सहभागी सबै देशका पाँच तारे होटेलका कुकमेनहरुलाई उछिन्दै उपाधि उचालेका हुन् । अब उनले पुरस्कार स्वरुप जर्मनको लागि १ हप्ताको भ्रमण गर्न पाउने भएका छन् भने होटेलबाट सम्मान तथा नगद रकम पनि पाप्त गर्ने छ्न् ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग