Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

इलेक्ट्रिक पम्पिङ्ग खानेपानी योजना सम्पन्न भएपछि स्थानीय हर्षित

Published on 2:40:00 AM //


पि.एम.मगर
गुल्मी, चैत्र ४ गते । कादुरी एग्रिकल्चर एड एशोसियशन व्रिटिश गोर्खाज नेपालको करिव ८३ लाखको लागतमा निर्मित दौँघा मोहरे इलेक्ट्रिक पम्पिङ्ग खानेपानी योजना सम्पन्न भएपछि खानेपानीको समस्या झेलिरहेका गुल्मी दौघाँका स्थानीयवासी हर्षित भएका छन् ।
वुधवार एक औपचारिक कार्यक्रमका विच संस्थाका प्रोजेक्ट म्यानेजर सुर्यमान थकालीले खानेपानी समितिलाई उक्त खानेपानी योजना हस्तान्तरण गर्नुभएको छ । दौघा गाविसको वार्ड नं. १ को हिगाँह मुलवाट नौ सय मिटर ग्राउण्ड डिस्टेण्ड र ३ सय १७ मिटरको भर्टिकल हेडमा जिआई र एडिपी पाईपको माध्यमवाट ५५ हजार लिटरको रिजर्भ ट्याङ्कीमा पानी फाली उक्त ट्याङ्कीवाट टोलटोलमा ६ वटा धाराहरु निर्माण गरी पानी वितरण गरिएको छ । गत कार्तिक १७ गतेवाट सञ्चालित उक्त योजना १ सय ७० दिनमा सम्पन्न भई वुधवार हस्तान्तरण भएको हो । योजना सम्पन्न भएसँगै दौघाको वार्ड नं. १ र २ मोहरे र वार्ड नं. ३ को लेख टोलका १ सय ३० घरधुरीहरु प्रत्यक्षरुपमा लाभाम्वित भएका छन् ।
योजना सम्पन्न भएसँगै एक भव्य कार्यक्रमका विच स्थानीयवासीले पञ्चेवाजा सहित नाँचगान गरी खुशीयाली मनाएका छन् । स्थानीयवासीको वाक्लो उपस्थितिमा सम्पन्न हस्तान्तरण कार्यक्रम योजनाका अध्यक्ष थम्मन ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रोजेक्ट म्यानेजर सुर्यमान थकाली र विशेष अतिथि प्रोजेक्ट सुपरभाईजर लोहन मिदुनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समितिका सचिव विजय विक्रम सोमरेको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा उपाध्यक्ष अर्जुन ज्ञवाली, दौँघा महिला मुल समितिका अध्यक्ष कमला ज्ञवाली, नेरा माविका प्रधानाध्यापक मानवहादुर थापा, आदर्श निमाविका प्रधानाध्यापक ज्ञानप्रसाद घिमिरे, निवर्तमान गाविस अध्यक्ष लोकवहादुर ज्ञवाली, गाविस सचिव जुद्धवहादुर पछाँर्ई लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन समितिका सहसचिव कालीदास आत्रेयले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग