Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

असिना पानीले मौसमी तथा वेमौसमी फलफुल एवं तरकारी वालीमा क्षति

Published on 2:41:00 AM //


पि.एम.मगर
गुल्मी, चैत्र ४ गते । गुल्मीको मरभुङ्ग, घमिर लगायत त्यस आसपासका क्षेत्रमा मंगलवार साँझ परेको असिना पानीले मौसमी तथा वेमौसमी तरकारी तथा फलफुलमा क्षति पु¥याएको छ ।
मंगलवार साँझ करिव आधा घण्टासम्म हावाहुरी सहित परेको असिनापानीले तरकारी खेती, फुल फुलेका फलफुल, वारीमा भर्खर उम्रिन लागेका मकै तथा भित्राउन लागेको गौँ तथा जौँ वालीमा क्षति पु¥याएको छ । त्यस्तै उद्घाटनको तैयारीमा रहेको मोटरवाटो समेत भेलले विगारेको छ भने असिनापानी सहितको भेलले त्यस क्षेत्रमा खानेपानीमा समेत क्षति पु¥याएको सहयोगी दुर्गावहादुर खड्काले जानकारी दिनुभयो । यता वारी भिज्ने गरी पानी परेकाले मकै छर्न वाँकी रहेका कृषकहरुलाई भने असिनापानीले फाईदा पु¥याएको छ ।
यसैविच गुल्मीको भार्से गाविसमा लगाईएको मकै वाली र फलफुलमा पुर्ण रुपमा क्षति पु¥याएको छ । जोहाङ्गको ६, ७, ८ र ९ मा लगाईएको हिउँदे वाली, तरकारी र फलफुलमा पनि क्षति पु¥याएको छ। हँसरा गाविसको वार्ड नं. ७ नेटामा पनि व्यवसायिक तरकारी र फलफुलमा समेत क्षति पु¥याएको छ। त्यस्तै वम्घा गाविसमा पनि भित्राउने तैयारीमा रहेको गौँ तथा जौँ वालीमा पनि पचास प्रतिशतले क्षति पु¥याएको हेम त्यागीले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग